३० वर्षको काम चार महिनामा गर्न सक्दिन : शिक्षामन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ३० वर्षको समस्या आफूले चार महिनामा पुरा गर्न नसक्ने बताएकी छन् । शिक्षा पत्रकार समूहले बिहीबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा देखिएका विगत लामो समयदेखिका समस्या आफूले चार महिना नै पुरा गर्न नसकिने बताएकी हुन् ।
शिक्षाविद् तथा अभियन्ताहरूले मन्त्री भट्टराईलाई विभिन्न विषयमा जिज्ञासा राखेपछि मन्त्री भट्टराईले उक्त कुरा बताएकी हुन् । उनले विज्ञहरूले राखेका प्रश्न तथा सुझावमा जवाफ दिने क्रममा आफूले ३० वर्षदेखिको समस्या अहिले चार महिनामै पुरा गर्न नसक्ने बताएकी हुन् ।
‘म गर्दैछु सर । अहिले गरेको सम्म गरेको भनेको हुँ । एउटा कुरा के हो भने चार महिनामा ३० वर्षको सबै कुरा गर भन्यो भने त्यो म सक्दिन,’ उनले भनिन्, ‘यतिकैमा तैले यो पद छोड्नुपर्छ भन्नुहुन्छ भने छोड्छु । होइन भने मैले गर्न लागेको कुराप्रति तैले यस्तो गरिस् ठिक छ, अझै यसरी गर्नुपर्छ भन्दा ठिक छ । होइन भने म चटक देखाउन सक्दिन । चटक देखाउने क्षमता मसँग छैन ।’
आफू विश्वविद्यालयमा हुँदा पनि चटक देखाउन नसकेको र अहिले पनि देखाउन नसक्ने उनले बताएकी हुन् ।
‘विश्वविद्यालयमा हुँदा पनि चटक देखाउन सकिन । आज पनि चटक देखाउन सक्दिन । भएको सिस्टमलाई मेक्सिमम प्रोग्रेसिभ हिसाबले गर्छ । म यसैमा प्रतिबद्ध छु,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु