शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

रसियन कम्युनिस्ट पार्टीका अध्यक्ष सर्गेइ नेपाल भ्रमणमा

बिहीबार, २९ कात्तिक २०८१, १६ : ५५
बिहीबार, २९ कात्तिक २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीको विदेश विभागको निमन्त्रणामा रसियन कम्युनिस्ट पार्टी (सीपीसीआर) को प्रतिनिधि मण्डल साताव्यापी भ्रमणको क्रममा काठमाडौँ आइपुगेको छ ।

रसियन कम्युनिस्ट पार्टी (सीपीसीआर) का अध्यक्ष तथा साइबेरिया क्षेत्रीय संसद् सदस्य सर्गेई मालिन्कोबिचको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधि मण्डलले नेकपा (एकीकृत समाजवादी) का पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल लगायतका शीर्ष नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको पार्टी विदेश विभाग सचिव डा. शङ्कर खतिवडाले बताए । 

साथै, प्रतिनिधि मण्डलले अन्य कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग समेत भेटघाट गर्नेछ । उक्त प्रतिनिधि मण्डल मङ्सिर १ गते नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालयमा विदेश विभागले आयोजना गर्ने अक्टोबर क्रान्तिका सन्दर्भमा आयोजित एक दिवसीय गोष्ठीमा सहभागी हुने खतिवडाले जानकारी दिए। 

भ्रमणका क्रममा प्रतिनिधि मण्डलले काठमाडौँ उपत्यकामा रहेका विभिन्न धार्मिक तथा सांस्कृतिक महत्त्वका पर्यटकीय क्षेत्रहरूको भ्रमण गर्नेछ । 

प्रतिनिधि मण्डलले पर्यटकीय नगरी पोखराको दुई दिने भ्रमण गर्नेछ । पोखरा भ्रमणका क्रममा प्रतिनिधि मण्डलले कम्युनिस्ट पार्टीका स्थानीय नेताहरूसँग भेटघाट गर्नेछ । प्रतिनिधि मण्डल मङ्सिर ५ गते मस्को फर्कनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप