झाँक्री प्रकाश भुजेलको लाइसेन्स फेला, क्षतिपूर्तिबारे छलफल गरिँदै

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित ब्रम्हखेलमा झाँक्री भनेर चिनिएका प्रकाश भुजेलले चलाएको ल्याण्ड क्रुजर जिपको ठक्करबाट बुधबार एकजनाको मृत्यु भएको थियो । कागेश्वरी मनोहरा–२ घर भएका नारायण नगरकोटीको मृत्यु भएको हो ।
दुर्घटनापछि झाँक्रीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । झाँक्रीको साथमा सवारी चालक अनुमतिपत्र फेला नपरेपछि प्रहरीले यातायात व्यवस्था विभागबाट उनको सवारी चालक अनुमति पत्रको प्रतिलिपी झिकाएको छ । झाँक्रीको लाइसेन्स यातायातबाट मगाएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
झाँक्रीले चलाएको बा१९च २६९५ नम्बरको गाडीले नारायण नगरकोटीको दम्पती सवार बागमती प्रदेश–०२–०१८प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । जिपको ठक्करबाट नारायणकी पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भएकी छन् । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । नगरकोटीका दुईजना बच्चा छन् । घाइतेको उपचार र क्षतिपूर्तिबारे पीडित पक्ष र झाँक्रीको तर्फबाट छलफल भइरहेको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी वृत्त बौद्धका एकजना अधिकृत भन्छन्, ‘क्षतिपूर्तिबारे छलफल हुँदै छ ।’
झाँक्रीलाई अदालतबाट सवारी ज्यान मुद्दामा अनुसन्धान गरिने एसपी अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : सांसद गौतम
-
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू
-
यो सिजन दोस्रो पटक आमनेसामने हुँदै कोलकाता र पञ्जाब
-
कोशीमा पर्यटन वर्ष सुरूसँगै पर्यटकको चहलपहल बढ्यो
-
जनमत–नागरिक उन्मुक्ति एकता : मतदाता परिचय पत्रसहित बैठकमा उपस्थित हुन जनमतको आग्रह
-
सरकार र आन्दोलनरत शिक्षकबिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति