बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

भैरहवाको आकाशमा थाई एयर एसिया करिब १ घण्टा होल्ड

बिहीबार, २९ कात्तिक २०८१, १६ : ०२
बिहीबार, २९ कात्तिक २०८१

बुटवल । थाईल्याडको बैंककबाट भैरहवास्थित गौतम बुद्ध विमानस्थल आएको थाई एयर एसियाको विमान भैरहवाको आकाशमा करिब १ घण्टा होल्ड भएको छ । गौतम बुद्ध विमानस्थलको भिजिबिलिटी कम भएका कारणले थाई एयर एसियाको विमान आकाशमा होल्ड भएको हो ।

गौतम बुद्ध विमानस्थलका सूचना अधिकारी  विनोद राउतले विमान कम्पनीहरूले आ–आफ्नो भिजिबिलिटीको मापदण्ड बनाउने हुँदा थाई एयर एसियाले कम देखेका कारण आकाशमा होल्ड भएको बताए । 

सोही समयमा जजिरा विमान विमानस्थलमा अवतरण गरेपनि थाई एयर एसियाका पाइलटलाई कम भिजिबिलिटी लागेकाले केही समय होल्ड गरेको उनले रातोपाटीलाई बताए । उनले अनुकूल भिजिबिलिटी हुनासाथ थाई एयर एसियाको विमान अवतरण गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप