बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

मुलुकलाई आर्थिक रूपमा सबल बनाउन उत्पादनमूलक क्षेत्रमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

बिहीबार, २९ कात्तिक २०८१, १५ : ४९
बिहीबार, २९ कात्तिक २०८१

काठमाडौँ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकलाई आर्थिक रूपमा सबल बनाउनको लागि उत्पादनमूलक क्षेत्रमा जोड दिनुपर्ने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजना भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ उद्घाटन कार्यक्रममा बोल्दै  उनले यस्तो बताएका हुन् । 

मन्त्री सिंहले निजी क्षेत्र र सरकार दुवैले उत्पादनमूलक क्षेत्रमा जोड दिन आवश्यक रहेको बताए । उनले उत्पादनको क्षेत्रले नेपालको जिडीपीमा पुर्‍याएको योगदानमा कमी आइरहेको बताए । उनले उत्पादन क्षेत्रले जिडीपीमा पुर्‍याएको योगदानमा वृद्धि गर्न उत्पादनमूलक उद्योगहरूमा जोड दिनुपर्ने बताए । 

मन्त्री सिंहले ऊर्जा उत्पादनमा लागेर उत्पादनमूलक क्षेत्रमा आवश्यक विद्युत् सप्लाई गर्नुसक्नुपर्ने बताए । उनले विद्युतको लागि ट्रान्समिसन लाइनदेखि अन्य सबै कम्पोनेन्टमा नेपालमा बनेका सामान राखेर गर्नसके राम्रो परिणाम दिने बताए । उनले नेपालको अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सरकारले निजी क्षेत्रले दिएका सुझावलाई ध्यान दिएर कार्यान्वयनमा जोड दिइरहेको बताए ।  

उनले भने,‘नेपालमा सबैले उत्पादनको क्षेत्रमा जोड दिनुपर्छ । उत्पादनको क्षेत्रले नेपालको जिडीपी पुर्‍याएको योगदानमा कमी आइरहेको छ । त्यसलाई स्तरवृद्धि गर्नको लागि उत्पादनमूलक उद्योगहरूमा जोड दिनुपर्छ ।’

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र मुलुकको अर्थतन्त्र चलायमान बनाउने इन्जिन भएको बताए । उनले अर्थतन्त्रलाई चलायमान बनाउने इन्जिनलाई सरकारले प्राथमिकता अझै दिन नसकेको भन्दै गुनासो गरे । 

अध्यक्ष ढकालले सरकारले निजी क्षेत्रलाई प्राथमिकता राखेर काम गर्‍यो भने मात्रै समग्र रूपमा आर्थिक समृद्धि प्राप्त हुने उल्लेख गरे । उनले मुलुकको अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको छाता संस्थाहरूले खेलेको भूमिकाको मूल्याङ्कन हुनुपर्ने बताए ।  

अध्यक्ष ढकालले उद्योग वाणिज्य महासंघले मुलुकका वैदेशिक लगानी प्रवर्द्धनको लागि निरन्तर रूपमा काम गरिरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप