व्यावसायिक टेनिसको पहिलो खेलमै पराजित भए चर्चित फुटबलर डिएगो फोर्लान
काठमाडौँ । विश्व फुटबलका चर्चित हस्ती हुन्, डिएगो फोर्लान । आफ्नो समयका प्रभावशाली स्ट्राइकर फोर्लानले सक्रिय खेल जीवनबाट सन्न्यास लिएको पनि लामो समय बितिसकेको छ ।
सन् २००२ देखि सन् २०१४ को बिचमा उनले उरुग्वेको राष्ट्रिय फुटबल टोलीबाट एक सयभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । उनले राष्ट्रिय टोलीबाट ३६ गोल पनि गरेका छन् ।
यसका अतिरिक्त उनले विश्वका चर्चित क्लबबाट व्यावसायिक फुटबल पनि खेलेका थिए । कुनै समय उनी म्यानचेस्टर युनाइटेड, भिल्लारियल, इन्टर मिलानलगायतका क्लबका प्रभावशाली खेलाडी थिए ।
आफ्नो समयका चर्चित यी ४५ वर्षीय स्ट्राइकर अहिले व्यावसायिक टेनिसमा सक्रिय भएका छन् । उनले बिहीबार आफ्नो जीवनको पहिलो व्यावसायिक टेनिस प्रतियोगितामा सहभागिता जनाए ।
आफ्नो पहिलो टेनिस प्रतियोगितामा उनी १–६, २–६ अंकले पराजित भए । उरुग्वे ओपन टेनिस प्रतियोगितामा उनले डबल्सतर्फको स्पर्धामा सहभागिता जनाएका थिए ।
डबल्सतर्फको स्पर्धामा उनको जोडी थिए अर्जेन्टिनाका फेड्रिको कोरिया । फोर्लान र कोरियाको जोडीलाई बोलिभियाका बोरिस एरिस र फेड्रिको जेबालोसको जोडीले हराएको हो ।
फोर्लान ‘वाइल्ड कार्ड’ मार्फत उरुग्वे ओपन टेनिसमा सहभागी भएका हुन् । यो प्रतियोगिता एटीपी च्यालेन्ज टुरअन्तर्गतको चर्चित प्रतियोगिता हो । टेनिसमा सक्रिय भएका पूर्वफुटबलर फोर्लानको खेल हेर्न ठुलो सङ्ख्यामा घरेलु समर्थक टेनिस कोर्ट पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि