प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने रास्वपाको तयारी
बिहीबार, २९ कात्तिक २०८१, १५ : ०४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा भेला भएका नेताहरूले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने समयबारे छलफल गरेकाे रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
सहकारीको रकम अपचलन गरेको आरोपमा रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेका छन् । रविलाई पोखरामा बयान गराएर मंगलबार रुपन्देही ल्याइएको थियो । रविमाथि सरकारले गरिरहेको क्रियाकलापलाई लिएर ज्ञापनपत्र बुझाउन लागिएको झाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा म्याराथनबाट १२ लाख भन्दा बढी बचत
-
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
-
आँबुखैरेनीमा पढ्ने सबै विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा, वार्षिक र भर्ना शुल्क पनि निःशुल्क
-
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
भर्जिनियामा सामूहिक गोलीबारी, तीन जनाको मृत्यु
-
अमेरिकाले छिट्टै औषधिहरूमा पनि ट्यारिफ लगाउनेछ: ट्रम्प