‘अग्निदहन’मा माओत्से : धामीको भूमिकाबारे के भने ?
काठमाडौँ । कलाकार माओत्से गुरुङ अभिनित नयाँ फिल्म ‘अग्निदहन’ आगामी मंसिर ७ गतेबाट रिलिज हुँदैछ । फिल्ममा उनी धामीको चरित्रमा देखिँदैछन् । फिल्ममा धामीको चरित्र निभाउन कठिन नभएको उनले बताए ।
‘एउटा यस्तो व्यक्ति बन्नु थियो, जसले व्यक्तिलाई होइन, समाजलाई आफ्नो नियन्त्रणमा राख्थ्यो’, उनले भने ‘म गाउँमा जन्मेर हुर्केको मान्छे । धामी झाँक्री र बोक्सीका थुप्रै घटनाहरू देखेको थिएँ । मैले देखेका तिनै धामीबाट क्यारेक्टर निकाले ।’ धामी झाँक्रीले गरेको पूजा र अनुष्ठान बच्चैदेखि देखेको हुनाले पनि ‘धामी’ चरित्र निभाउन सजिलो भएको उनी सुनाउँछन् । ‘घरमा सामान्य झारफुक मेरो बाबाले पनि गर्नुहुन्थ्यो । त्यसैले चरित्रबारे धेरै अनुसन्धान गरिनँ’, उनले थपे ।
ट्रेलरमा धामी बनेका माओत्सेले महिलालाई फलामले डाम्ने, मलमुत्र खुवाउन आदेश दिने काम गरेका छन् । उनी आफू कथाको पात्र मात्र भएर यो काममा उपस्थित भएको बताउँछन् । माओत्सेकै भनाइमा यो काममा उनलाई खासै समस्या भएको रहेनछ ।
माओत्से फिल्मी करियरमा होस् वा नाटकमा होस्, सकारात्मक वा नकारात्मक दुवै चरित्रमा देखिँदै आएका छन् । जुनसुकै चरित्र निभाउँदा पनि उनलाई आफ्नो ‘इमेज’ बिग्रिएला भन्ने डर लाग्दैन रे । ‘अग्निदहन’मा धामी चरित्र निभाइरहँदा उनले यही कुरालाई मनन गरेका रहेछन् ।
‘म कलाकार हुँ । फिल्म अथवा नाटकमा अभिनय गर्दा म प्रोटोगोनिस या एन्टोगोनिस मात्रै भूमिका गर्छु भनेर कहिल्यै रोज्दिनँ । मेरो भूमिकाले फिल्ममा कस्तो प्रभाव पार्छ, त्यो हेर्छु’, उनीले भने । माओत्सेको बिचारमा ‘बोक्सी’को आरोप लागेका महिला प्रति सबै धामी क्रूर हुँदैनन् । ‘सबै धामी क्रूर भएको देखेको छैन । कतिपय धामीले मनोवैज्ञानिक रूपमा ट्रिटमेन्ट गरेको पनि देखेको छु । तर, जो जसले बोक्सीको नाममा महिलालाई दुख दिइरहेका छन्, त्यो साँच्चिकै अमानवीय कार्य हो’, माओत्से भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ
-
जाडोमा स्विमिङ गर्न सकिने ‘रिफ्रेस रिक्रिएसन सेन्टर’ सञ्चालनमा, ९ करोड लगानी
-
‘अब हाँस्छ अमेरिका २’ सँगै ‘अब सुन्छ अमेरिका’ आयोजना हुने
-
१४८ देशसँग नेपालको व्यापार, ११९ सँग घाटा
-
लामिछानेको निलम्बनको विषयमा सभामुख घिमिरे छलफलमा
-
अर्याललाई कार्यवाहक सभापति बनाउने रास्वपाको तयारी