मङ्गलबार, १५ माघ २०८१
ताजा लोकप्रिय
नेपाली चलचित्र

‘नेपाली फिल्ममा लगानीपछि कथाको समस्या छ’

नेतृत्व लिँदा जुन प्रतिबद्धता गरेको थिएँ, वैशाखसम्म परिणाम आउँछ : दिनेश डीसी
बिहीबार, २९ कात्तिक २०८१

फिल्म निर्देशक, कलाकार र सञ्चारकर्मीको समेत परिचय बनाएका दिनेश डीसी यतिखेर चलचित्र विकास बोर्डका अध्यक्ष छन् । उनीसँग हामीले नेपाली फिल्मको बजार विस्तार, बक्स अफिस लगायत मुद्दामा केन्द्रित रहेर संवाद गरेका छौँ ।

  • पछिल्लो समय नेपाली फिल्मको व्यावसायिक अवस्था के छ ?

एकदमै राम्रो भइरहेको छ । पछिल्लोपटक धेरै नेपाली चलचित्र हिट भए । केही त ब्लकबस्टर साबित भएका छन् । हामी खुसी छौँ । दर्शकमा नेपाली चलचित्र समयमै हेर्नुपर्छ भन्ने भावना जागृत भएको छ । भविष्यका लागि यो राम्रो संकेत हो ।

  • यही रफ्तार पछिसम्म कायम रहला ?

चलचित्र क्षेत्र यस्तो क्षेत्र हो, जसको ग्यारेन्टी दिन सकिँदैन । यो भूकम्पजस्तै हो । जसरी भूकम्प कहिले आउँछ भन्न सकिँदैन, त्यसरी नै कुन चलचित्र हिट हुन्छ भन्न सकिन्नँ, सम्भाव्यता मात्र अध्ययन गर्न सकिन्छ । अनुमान गर्न सकिन्छ तर, ठोकुवा गर्न सकिँदैन । अहिले चलचित्रको माहोल राम्रो बनिरहेको छ, अब हामीले प्राविधिक पक्षमा काम गर्नुपर्छ । 

  • अहिले फिल्म निर्माणमा के–कस्ता जटिलता र समस्या छन् ?

अरु जटिलता केही होइन, आर्थिक लगानीको समस्या मुख्य हो । लगानीपछि कथाको समस्या हो । यो यस्तो विधा हो जहाँ प्रत्येक क्षण जटिलता छ । चलचित्र बनी हलमा लागेर उत्रिएपछि ओटीटी प्लेटफर्ममा जाँदासम्म चुनौती हुन्छन् । 

कलाकारितामा पलायन हुने भनेको धैर्यताको कमीले हो । यो लहडको पेसा होइन, तपस्या हो । अरुको हेरेर हुँदैन । 

यस्तै, स्क्रिप्ट लेख्न, कलाकार छान्न, सुटिङ गर्न, विज्ञापन गर्न— हरेक स्टेपमा चुनौती हुन्छन् । र, अर्को फिल्म बनाउँदा फेरि शून्यबाटै सुरु गर्नुपर्छ । 

  • यतिखेर नव प्रवेशीका लागि कस्तो आकर्षण पाउनुहुन्छ ?

आकर्र्षण त राम्रो छ । हाम्रो समयसम्म चलचित्र, टेलिभिजन, कलाकारिताबाट कति पैसा आउँछ भन्ने थाहा थिएन । हामी लहडमा लाग्यौँ । अहिले पैसा आउन थाल्यो । गाँस, बास, कपासको समस्या समाधान भयो । 

दोस्रो फेजमा व्यावसायिकता बढेर गयो । राम्रो पैसा कमाइ हुन थाल्यो । अहिले धैर्यता राख्ने हो, मिहिनेत गर्ने भने राम्रो अवस्था छ ।

  • फिल्मको लगानी कति सुरक्षित पाउनुहुन्छ ?

यो भन्न सकिने कुरा होइन । यसको उपाय कसैसँग छैन । विभिन्न डिजिटल प्लेटफर्मबाट अहिले कमाइ गर्न सकिन्छ । अहिलेका लागि युट्युब चलेको छ तर यो दीर्घकालीन होइन । कुनै पनि फिल्म चल्छ भन्ने ग्यारेन्टी हुन्न ।

  • अहिले चलचित्र विकास बोर्डको अध्यक्ष तपाईं हनुहुुन्छ, बक्स अफिस किन सार्वजनिक भएको छैन ?

बक्स अफिस सार्वजनिक गर्नुपर्छ भन्ने संसारमा कतै छैन । सरकारका आफ्नै नियम हुन्छन् । फोनबाट मागेर पाइँदैन । नियममा जानुपर्छ भनेर मैले रोकेको हो । मैले पूरै सर्जरी गर्न जानेको छैन भने अप्रेसन गर्नु हुँदैन । निश्चित समयपछि यो उपयोगिताका लागि चाहियो भनेर अनलाइनमार्फत माग गर्दा पाइन्छ । आन्तरिक राजस्व कार्यालय, नेपाल प्रहरी, निर्माता, तालुकवाला मन्त्रालय र वितरकले चाहे भने पाउँछन् । 

प्रमुख तीनवटा काम गर्दै छौँ— ऐन बनाउने, स्टुडियो बनाउने, रियल टाइम बक्स अफिसको काम गर्ने । 
  • कलाकारहरू पलायन हुने समस्या छ नि ?

कलाकारितामा पलायन हुने भनेको धैर्यताको कमीले हो । यो लहडको पेसा होइन, तपस्या हो । अरुको हेरेर हँुदैन । 

  • तपाईं चलचित्र विकास बोर्डमा आएपछि के–के सुधार गर्नुभयो ?

म नेतृत्वमा आएको दुई महिना भयो । त्यसमा पनि १५ दिन दसैँ–तिहारमै बित्यो । ६ दिनजति नेपाल सरकारले दरबारमार्गमा आयोजना गरेको संविधान दिवसको कन्सर्टमा व्यस्त भएँ । जम्मा एक महिना १० दिन काम गरेँ । मैले नेतृत्व लिँदा जुन प्रतिबद्धता गरेको थिएँ, त्यसको परिणाम आउँदो वैशाखसम्म आउँछ । 

आउने ५ गते हामी एउटा कार्यक्रम गर्दै छौँ । त्यो कार्यक्रममा आउटसाइडरसँग सातवटा कन्ट्रयाक्ट गर्दै छौँ । हामी के के गर्दै छौँ भन्ने त्यहीँबाट थाहा हुनेछ । 

प्रमुख तीनवटा काम गर्दै छौँ— ऐन बनाउने, स्टुडियो बनाउने, रियल टाइम बक्स अफिसको काम गर्ने । 

चुनौती छ । त्यो चुनौतीको सामना गर्न म त्यहाँ गएको हो ।

यो दुई महिनामा मैदान सफा गर्ने काम भयो, अब खेल सुरु हुन्छ । ८–१० वर्षसम्म अड्किएका काम अबको ६ महिनामा पूरा गर्न सकिने हामीले देखिराखेका छौँ । 

  • चलचित्रकर्मीको तपाईंप्रति ठुलो अपेक्षा छ, पूरा गर्न कति चुनौती देख्नुभएको छ ?

चुनौती छ । त्यो चुनौतीको सामना गर्न म त्यहाँ गएको हो । यो मेरै क्षेत्र हो, जसले मलाई नाम दियो । गाँस, बास, कपास दियो । पछिल्लो ३४ वर्ष मैले चलचित्र क्षेत्रमा आर्जन गरेको ज्ञान र कर्पोरेट क्षेत्रमा हासिल गरेको प्रशासनिक अनुभवलाई सदुपयोग गर्नेछु । 

बोर्डमा मलाई कर्मचारीको पूर्ण सहयोग छ । मन्त्री, सचिवले पूर्ण स्वतन्त्र रूपमा काम गर्न दिनुभएको छ । जतिखेरै पनि भेटघाट गर्न सकिन्छ । काम गर्न गाह्रो छैन ।

(बाँकी कुराकानी भिडियोमा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया