साढे २२ किलो लागुऔषध चरेससहित तीन जना पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागु औषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको टोलीले साढे २२ किलो लागु औषध चरेससहित तीन जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुमा बारा सिम्रौनगढ–४ हरिहरपुर निवासी मकसुद अन्सारी, सोही ठाँउका रामलाल सहनी र भारत बिहार मोतिहारी ग्राम आदापुर बस्ने मुकेश कुमार रहेका छन् ।
प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार वीरगन्ज महानगरपालिकाको वडा नम्बर–१५ भिष्वा होटल नजिकबाट उनीहरुलाई पक्राउ गरिएको हो । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले बुधबार साँझ उनीहरुलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । उनीहरुमाथि लागु औषधसम्बन्धि कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्