९३ हजार डलरको कीर्तिमानी स्तरमा उक्लियो बिट्क्वाइनको भाउ
बिहीबार, २९ कात्तिक २०८१, १२ : ५८
![९३ हजार डलरको कीर्तिमानी स्तरमा उक्लियो बिट्क्वाइनको भाउ](https://rpcdn.ratopati.com/media/albums/0521_bitcoin_t_8jccpnPFqO.jpg)
वासिङटन डीसी । अन्तर्राष्ट्रिय बजारमा भर्चुअल मुद्रा बिटक्वाइनको भाउले बिहीबार ९३ हजार डलरको स्तर पार गरेको छ । अमेरिकामा राष्ट्रपति चुनावमा पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको विजयपछि बिटक्वाइन बुलिश बनेको छ ।
यही क्रममा बिट्क्वाइनको भाउले नयाँ कीर्तिमानी उचाई छोएको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले थप ब्याज दर कटौती गर्ने अपेक्षाले पनि बिटक्वाइनको भाउ बढाइरहेको छ । बिहीबार प्रतिगोट बिट्क्वाइनको भाउ ९३ हजार ४०० डलरको उचाइसम्म पुगेको थियो ।
अमेरिकी बजारमा बिट्क्वाइनको भाउ झन्डै ६ प्रतिशतले बढ्यो । सिङ्गापुरमा बिहानी कारोबारमा ८९ हजार ९७४ डलरमा ओर्लनुअघि यसको भाउ ९३ हजार ४६२ डलरको कीर्तिमानी उचाइमा पुगेको थियो । यससँगै बिटक्वाइनको कुल बजार पुँजीकरण १८ खर्ब ८० अर्ब डलर पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै, यी तीन प्रदेशमा हिमपातको सम्भावना
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
दशौँ राष्ट्रिय खेलकुद : भारात्तोलन र जुडोका खेलाडी छानिए
-
फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गर्मी बढेसँगै धरहरा चढ्ने समय बढ्यो
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म