सुदूरपश्चिमको रिक्त सबै स्थानमा माओवादीले टुङ्ग्यायो उम्मेदवार, बिउ जोगाउन सकस
काठमाडौँ । सुदूरपश्चिम प्रदेश नेकपा माओवादी केन्द्रले मङ्सिर १६ गते हुन लागिएको स्थानीय तह उपनिर्वाचनमा भाग लिने सबै उम्मेदवारको टुङ्गो लगाएको छ । रिक्त एक समन्वय समिति प्रमुख, एक उपाध्यक्ष र चार वटा वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । तीमध्ये समन्वय समिति प्रमुखमा उम्मेदवारी नदिने नेता जनक बुढाले जानकारी दिए ।
बुढाका अनुसार स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष (बाजुरा) मा राजुकुमारी विक रचनालाई उठाएको छ । सुर्मा गाउँपालिका–४ (बझाङ) मा पुष्करबहादुर बोहरा, पूर्वी चौकी गाउँपालिका–६(डोटी)मा देवीलाल थापालाई उठाएको छ ।
यसैगरी दुहुँ गाउँपालिका–५(दार्चुला) मा वीरसिंह कार्की र भीमदत्त नगरपालिका–६(कञ्चनपुर) मा नानाराम कोलीलाई उम्मेदवार बनाएको छ । जिल्ला समन्वय समिति प्रमुख (कैलाली) उम्मेदवारी दिने योजना नभएको बुढाले बताए ।
०७९ को चुनावी परिणाम
अघिल्लो निर्वाचनमा स्वामी कार्तिक खापर गाउँपालिका उपाध्यक्ष (बाजुरा) मा कांग्रेसका उम्मेदवार मैना जोशी निर्वाचित भएकी थिइन् । जोशीले एक हजार ८१० मत पाएर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार सुलोचनाकुमारी भण्डारी बुढाले एक हजार ६३७ मत पाएकी थिइन् । तेस्रोमा रहेको माओवादीका उम्मेदवार सुरेशबहादुर रोकायले एक हजार २१३ मत पाएका थिए ।
सुर्मा गाउँपालिका–४ मा एमालेका सर्जनबहादुर बोहरा निर्वाचित भएका थिए । बोहराले ६२९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका लोकबहादुर बोहराले ६०४ मत पाएका थिए । त्यतिबेला माओवादीले कांग्रेसको उम्मेदवारलाई समर्थन गरेको थियो ।
यसै पूर्वी चौकी गाउँपालिका–६(डोटी) मा कांग्रेसका उम्मेदवार पुष्पराज जोशी ५१३ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार देवबहादुर भण्डारीले ३८७ मत पाएका थिए । माओवादीका उम्मेदवार टंकबहादुर नेपालीले जम्मा ४१ मत पाएका थिए ।
दुहुँ गाउँपालिका–५(दार्चुला)मा माओवादीका उम्मेदवार मनोरथ भट्ट ५८२ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मानसिंह बडालले ३०२ मत पाएका थिए । त्यतिबेला कांग्रेसले माओवादीको उम्मेदवारलाई समर्थन गरेको थियो ।
यस्तै भीमदत्त नगरपालिका–६(कञ्चनपुर) मा कांग्रेसका उम्मेदवार महेन्द्र खड्का एक हजार १०२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जनकराज अवस्थीले ६९८ मत पाएका थिए ।
तेस्रो स्थानमा राप्रपाका उम्मेदवार सुशीलकुमार भट्टले ४८७ र एकीकृत समाजवादीका उम्मेदवार जितेन्द्रबहादुर चन्दले २३२ मत पाएका थिए । अघिल्लो वर्षको चुनावी परिणाम हेर्दा माओवादीले यसपटक बिउ जोगाउन मुस्किल पर्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिपेन्डेन्ट भिसामा विदेश लैजान्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
‘होस्टेल ३’ फागुन २३ मा प्रदर्शन हुने
-
पुस २२ गतेभित्र ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गर्न निर्देशन
-
विचार र एजेन्डाको झोला बोक्ने अखिल क्रान्तिकारी आवश्यक
-
उच्च र जिल्ला अदालतका २१ न्यायाधीशको सरुवा
-
ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिसमा वडा ७ लाई टिम स्पर्धाको उपाधि