नवराज अर्याल परिवारको जिम्मा जमानीमा रिहा

काठमाडौँ । आफूलाई निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी बताउने नवराज अर्याललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छाडेको छ । उनले दिएको टेलिभिजन अन्तर्वार्ताबारे सोधपुछ गरेर परिवारलाई जिम्मा लगाइएको ब्युरोका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
अर्याललाई उनकी छोरीले जिम्मा लिएकी हुन् । करारको जागिरबाट २०७७ मा लाइसेन्सको कारण बर्खास्त गरेपछि उनि विचलित भएको अनुसन्धान अधिकृतहरू बताउँछन् । अर्याल तत्कालीन खानेपानी मन्त्री बिना मगरको चालक थिए ।
अर्यालले कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्या भएको आफूले प्रत्यक्ष देखेको पत्रकार ऋषि धमलासँगको टेलिभिजन अन्तर्वार्तामा जिकिर गरेका छन् । तर, उनको दाबी पुष्टि नभएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
उनले भने, ‘अर्यालको भनाई कतैबाट पनि पुष्टि हुँदैन, उनले मिडिया देखेर त्यस्तो कुरा बोलेको हामीसँग बताएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस