रोशी गाउँपालिकाले विपद् प्रभावितलाई विशेष योजना ल्याउँदै

काभ्रेपलान्चोक । रोशी गाउँपालिकाले विपद् प्रभावितको राहत, पुनः स्थापना एवं पुनर्वासका लागि बजेट व्यवस्थापन गर्न गाउँसभाको विशेष अधिवेशन आह्वान गरेको छ । जाडोयाम सुरु भइसकेकाले गाउँपालिकाले आफैँ पुनर्वासको योजना तयार गरेर तत्काल बाढी पहिरो प्रभावितलाई ‘न्यानो’ प्रदान गर्न छुट्टै बजेट व्यवस्थापन गर्न गाउँ सभाको विशेष अधिवेशन आह्वान गरेको जनाएको छ ।
गत असोज दोस्रो साताको अविरल वर्षाका कारण बाढी पहिरोले जनधनको क्षति पुर्याएपछि १५ औँ अधिवेशनले चालु आर्थिक वर्षको योजनाका लागि विनियोजित बजेटबाट केही प्रतिशत कटौती गरी विपद् व्यवस्थापन गर्न विशेष सभाको आह्वान गरिएको गाउँपालिकाले जनाएको छ । विपद् प्रभावित परिवारका लागि राहत, पुनः स्थापना एवं पुनर्वासका कार्यक्रम सञ्चालन गर्न विशेष अधिवेशन बोलाइएको अध्यक्ष दिनेश लामाले बताए । “विशेष अधिवेशनमार्फत केही साधारण योजना कटौती एवं केही योजनाको केही प्रतिशत कटौती गर्न लागेका हौँ”, उनले भने ।
गाउँपालिकाले शुक्रवार गाउँसभाको विशेष अधिवेशन आह्वान गरेको हो । कार्यालयले बागमती प्रदेशको गाउँ, नगर र जिल्ला सभा सञ्चालन कार्यविधि सम्बन्धी ऐन–२०७५, को दफा ३ को उपदफा १ बमोजिम गाउँसभाको विशेष अधिवेशन आह्वान गरेको जनाएको छ । अधिवेशन सकिए लगत्तै विपद् व्यवस्थापनका लागि योजना तयार गरिने अध्यक्ष लामाले बताए ।
उक्त गाउँपालिकामा बाढी पहिरोले १२ जनाको अकालमा निधन भएको थियो । कार्यालयका अनुसार बाढी पहिरोबाट चार सय ८२ परि पूर्णरुपमा तथा आठ सय ८३ घर आंशिक रूपमा क्षति पुगेको थियो । यस्तै दुई हजार पाँच सय ४४ परिवारको खेतबारीमा क्षति पुगेको जनाइएको छ । यसैगरी एक सय ६० खानेपानी आयोजना, एक पक्की पुल, छ ४७ विद्यालय, चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो ।
बाढी पहिरोले भर्खरै निर्माण सम्पन्न भएको डम्फु उद्यान, १० शैय्याको अस्पताल, चिस्यान केन्द्रसहितको औद्योगिक ग्राम बगाएको छ । कार्यालयले खोज, उद्धारको काम सकिएसँगै प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा वितरण तथा बाढी पहिरोबाट पूर्णरुपमा घर क्षति भई मृतक तथा समस्यामा परेका एक सय १० परिवारलाई प्रारम्भिक नगद तथा अन्य राहत उपलब्ध गराइएको तथा बाढी पहिरोका परी मृत्यु भएका परिवारलाई गाउँपालिकाले किरिया खर्च बापत रु ५० हजार थप गरी नगद राहत हस्तान्तरण गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीलाई बेवास्ता गरेर ऐन ल्याए आन्दोलनमा उत्रिने चेतावनी
-
२५ जना सदस्यसहित नेपाल आइपुगिन् देवी प्रतिभा, १४ दिनसम्म पोखरामा कथा वाचन गर्ने
-
राज्य व्यवस्था समितिमा पुगे निजामती ट्रेड युनियनका प्रतिनिधि, ११ बुँदे ज्ञापनपत्र हस्तान्तरण
-
सरकारी वेबसाइटहरु डाउन, किन भयो यस्तो ?
-
काभ्रेको रोशीमा आगलागीमा परेका दुई बालबालिकाको उद्धार
-
टर्कीद्वारा ८९ जना शंकास्पद आईएस सदस्य पक्राउ