नेपाली चलचित्रको स्वर्णिम युग सुरु भएकै हो कि !
अहिले नेपाली फिल्मले जुन खालको बजार लिइरहेका छन्, त्यो अत्यन्तै राम्रो हो । खासगरी दसैँ–तिहार, छठ लगायत पर्वमा अत्यन्तै राम्रो बजार देखियो । १५–२० करोडसम्मको व्यापारका कुरा आइरहेका छन् । यसले नेपाली चलचित्रको स्वर्णिम युग सुरु भएको हो कि भन्ने संकेत गर्छ ।
अलि अगाडिदेखि नै नेपाली फिल्मको दबदबा बढिरहेको थियो । यो नेपाली चलचित्रप्रेमी र निर्माताका लागि सुखद् पाटो हो । पहिले विदेशी फिल्मलाई मात्रै सोहरू दिने गरिन्थ्यो । जसले गर्दा नेपाली चलचित्रले सो नपाएको अवस्था थियो । अहिले केही महिनायता त्यो देखिएको छैन । नेपाली चलचित्रले प्रशस्तै सो पाएका छन् ।
फिल्म भन्नेबित्तिकै मनोरञ्जन भन्ने हुन्छ । यद्यपि अलिकति नेपालीपन तथा मौलिकता झल्किने खालका फिल्म पनि बनिरहेका छन् । केही देशभक्तिमा आधारित र केही एक्सन धारका चलचित्र पनि बनिरहेका छन्, जुन रोमान्टिक नै मानिन्छन् ।
फिल्म बनाउन डुब्लिकेट सामान चलाउनुपर्ने हुन्छ, तर डुब्लिकेट सामान चलाउँदा समेत निर्माता जेल जानुपर्ने अवस्था छ । हातहतियार प्रयोग गर्नै गाह्रो छ । नेपाल प्रहरीका पोसाक प्रयोग गर्दा समेत समस्या छ ।
अहिले एउटै खालका भन्दा पनि फरक–फरक खालका फिल्म बनिरहेका छन् । आफ्नो सोच अनुसारका र फरक–फरक खालका कन्टेन तथा कथामा चलचित्र बनिरहेका छन् ।
अहिले एक्सन, कमेडी, सोसल ड्रामासँगै अलिकति पारिवारिक तथा रोनाधाना फिल्म समेत चलिरहेका छन् । त्यसैले हरेक खालका चलचित्र बनाउनुपर्यो र त्यो चलचित्र बनेको कुरा आम पब्लिकको मन–मष्तिष्कमा पुर्याउनुपर्यो । त्यसो भयो भने सबै खालका चलचित्र चल्छन् । सबै निर्माता सुरक्षित हुन्छन् भन्ने अहिले देखिएको छ । यद्यपि फिल्म प्रोजेक्टको बिमा हुन आवश्यक छ । त्यो भइदियो भने सहज हुन्थ्यो ।
- कठिनाइ
फिल्म निर्माणमा कठिनाइ धेरै छन् । फिल्म बनाउन डुब्लिकेट सामान चलाउनुपर्ने हुन्छ, तर डुब्लिकेट सामान चलाउँदा समेत निर्माता जेल जानुपर्ने अवस्था छ । हातहतियार प्रयोग गर्नै गाह्रो छ । नेपाल प्रहरीका पोसाक प्रयोग गर्दा समेत समस्या छ ।
सेन्सरको पनि समस्या छ । अन्य चलचित्रमा त समस्या भएन । देशभक्तिपूर्ण चलचित्र, राष्ट्रियताले ओतप्रोत भएका चलचित्र, देशलाई सचेत बनाउने खालका चलचित्र बनाउँदा सेन्सर हुन्छन् । जस्तो कि दशगजा, भीमदत्त, ग्रेटर नेपालजस्ता चलचित्र बनाउँदा सेन्सर लागेको थियो । फिल्ममा कतिपय कुरालाई सहज रुपम लिनुपर्छ । जस्तो कि भारतमा संसद् भवन नै ध्वस्त बनाएको देखिन्छ । प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई छाडिदैन । ती चलचित्र जनताको चाहना अनुसार निर्माण गरिएका हुन्छन् । भारतीयहरूले त्यसरी नै सोचेको हुन्छन् ।
हाम्रोमा सरकारलाई केही भन्न पाइँदैन, सरकारका गलत कुराहरू देखाउन पाइँदैन । त्यसो नहुँदा भने जस्तो जनताले खोजेजस्तो चलचित्र बनाउन सकिँदैन ।
सर्सती हेर्दा अहिले एक करोड ५० लाखदेखि ५ करोडसम्मका चलचित्र बनेका देखिन्छन् ।
अर्को कुरा, नेपाली चलचित्र नै जुधाउने प्रवृत्ति छ । एकैपटक तीन–चारवटा फिल्म जुधाउने । त्यसको सिकार म नै भएँ । जस्तो कि काँडेतारजस्तो देशभक्ति फिल्म बनेपछि एक हप्ता सबैले छाड्ने भनेर भद्र सहमति गरेको थिएँ । त्यही बेला तीनवटा फिल्म हालिदिए ।
फिल्म जुधाउने परम्परागत समस्याले राम्रो चलचित्रले समेत सो नपाउने समस्या छ । त्यस कारण चाडबाडमा दुइटाभन्दा बढी चलचित्र नचलाउने भन्ने सिस्टम हामी ल्याउन खोजिरहेका छौँ ।
यसको चल्नुभन्दा मेरो बढी चल्छ भनेर जुधाउने पनि छन् । उसको फिल्म हिट हुन्छ भने त्यसलाई पनि सिध्याउँछु, म पनि सिद्धिन्छु भन्ने मनसायले जुधाउने गरेको पनि देखिन्छ । त्यस्तै एक–अर्कालाई सपोर्ट नगर्ने समस्या छ । हामीले एकतामा बल दिनुपर्छ ।
एकतामा जोड दिने कुरा निर्माताले बुझेका छन्, तर डिस्ट्रिब्युटरमा समस्या छ । एउटा डिस्ट्रिब्युटरले एउटा फिल्म लिएको हुन्छ । त्यसलाई हान्नका लागि अर्को डिस्ट्रिब्युटरले अर्को निर्मातालाई मोहरा बनाइरहेको हुन्छ ।
यसमा निर्माता पनि यस कारण केही दोषी छन् कि मेरो फिल्म दिन्नँ भन्न सक्ने आँट गर्दैनन् ।
- लगानीको जोखिम
सर्सती हेर्दा अहिले एक करोड ५० लाखदेखि ५ करोडसम्मका चलचित्र बनेका देखिन्छन् ।
विभिन्न खालका आन्दोलन, विभिन्न खालका महामारी र अन्य धेरै कारण फिल्मको लगानी जोखिममै हुन्छन् ।
धेरै पानी पर्दा, बाढी पहिरो जाँदा, हावाहुरी हुँदा समेत दर्शक हलसम्म जाने अवस्था नहुँदो रहेछ । त्यस्तो अवस्थामा निर्माताले लगानी गरेको करोडौँ लगानी खतरामा पर्ने भयो । कतिपय अवस्थामा राम्रो चलचित्र हुँदाहुँदै पनि प्रचार–प्रसार नपुगेर चलचित्र किल भएको देखिन्छ ।
निर्माता संघले पछिसम्म निर्माताले ५० प्रतिशत पाउने जुन सिस्टम ल्यायौँ, जसले गर्दा करोडभन्दा बढी सेयर निर्मातालाई आउने वातावरण बन्यो ।
कतिपय अवस्थामा त्यो चलचित्र जनमानसमा पुगेपछि जनता सचेत हुन्छन् भनेर पनि फिल्म चल्न नदिने षड्यन्त्र हुँदा रहेछन् । काँडेतार र दशगजामा मैले त्यो पीडा भोगेँ, त्यसरी पनि सकाइँदो रहेछ ।
भैपरी आउने घटनाका कारण, कसैको नियतवश र राष्ट्रिय वा अन्तर्राष्ट्रिय खुफिया कारढा पनि फिल्मको लगानी जोखिममा पर्ने रहेछ ।
पहिला ९० प्रतिशत जति नै लगानी जोखिममा हुन्थ्यो । पछिल्लो समयको आँकडा हेर्दा त्यो घटेको देखिन्छ । अहिले ब्याक टु ब्याक नेपाली चलचित्रले करोडौँ कमाइ गरिरहेका बेला त्यो कम भएको महसुस भइरहेको छ ।
- ५०–५० प्रतिशत
निर्माता संघले पछिसम्म निर्माताले ५० प्रतिशत पाउने जुन सिस्टम ल्यायौँ, जसले गर्दा करोडभन्दा बढी सेयर निर्मातालाई आउने वातावरण बन्यो । नभएदेखि त दोस्रो हप्तामा हुँदा ४० र तेस्रोपछि ३५ प्रतिशत सेयर आउने थियो ।
६५ प्रतिशत हलवालाले लैजाने गरेको थियो । अब ५०–५० प्रतिशत भन्ने जुन नियम ल्यायौँ, त्यसले महाजात्रालाई ८४ लाखभन्दा बढी रकम आयो । अहिले चलेकालाई त करोडौँ आइरहेको छ । चल्दै नचल्ने फिल्मको समेत दुर्ई हप्तासम्म साढे तीन मिनेटको टेलर बजाएको पैसा लिने गरेको थियो । अहिले त्यो पैसा नलिने बनाएका छौँ । त्यो नगर्दा २०–३० लाख फाइदा भइरहेको छ ।
त्यस्तै सर्भरहरूको समेत पैसा घट्दै गएको छ । अहिले हामी आएपछि धेरै कुरामा सहज भइरहेको छ ।
- नयाँ कलाकारमा लगानी
निर्माताले करोडौँको लगानी गरिरहेका हुन्छन् । नयाँ कलाकारले त्यो खालको अभिनय गर्न सक्छन् वा सक्दैनन् भन्ने हुन्छ । भोलि गएर त्यो स्थापित गराउन सकिन्छ वा सकिँदैन भन्ने हुन्छ । चलचित्र भनेको स्वबिजनेस पनि हो । मेरो हिरो यो छ, मेरो हिरोइन यो छ, मेरा कलाकार यी छन् भनेर देखाउने हो, तर नयाँ कलाकारलाई के भनेर देखाउने भन्ने हुन्छ ।
आँट गर्न नसकेको होला, तर नयाँ आउनुहुन्न भन्ने होइन । आज चलेका कलाकार पनि कुनै दिन नयाँ थिए । नयाँ नभई पुराना हुँदैनन्, त्यसैले सम्भावना बोकेका नयाँलाई लिएर फिल्म बनाउँदा डराउनु हुँदैन । अहिले पनि नयाँलाई लिएर निर्माता डराएकै अवस्था छ ।
(चलचित्र निर्माता संघका अध्यक्ष खड्कासँग रातोपाटीकर्मी कुवेर गिरीले गरेको कुराकानीमा आधारित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार भुलको हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने माग
-
सिरहामा नवजात शिशुको मृत्यु प्रकरण : अनुसन्धान गर्दै प्रहरी
-
सत्र वस्तुको नयाँ गुणस्तर र तीनको गुणस्तर परिमार्जन प्रस्ताव स्वीकृत
-
सभापति देउवाद्वारा नयाँ अनलाइन समाचार सुरुवात
-
आजदेखि ऐतिहासिक नमोबुद्ध जात्रा
-
सभापति देउवाद्वारा पुइलेक विमानस्थलको निरीक्षण