बिग बोस १८ मा आउँदै छिन् कार्दशियन सिस्टर्स

नयाँ दिल्ली । भारतीय टेलिभिजनको लोकप्रिय रियालिटी शो बिग बोस १८ शोका सहभागीहरूबिच झगडाका कारण लगातार चर्चामा छ । शोलाई थप रोमाञ्चक बनाउन निर्माण पक्षले हालै दुई जना वाइल्ड कार्ड प्रतियोगीलाई भित्र्याएको छ । अन्तर्राष्ट्रिय स्टार कार्दशियन दिदीबहिनी चाँडै वाइल्ड कार्ड प्रतियोगीका रूपमा शोमा आउँदै छन् भन्दै दैनिक भास्करले समाचार छापेको छ ।
शोका निर्माताहरूले कार्दशियन दिदीबहिनीलाई शोमा ल्याउन केही समयदेखि कुराकानी गरिरहेको शो निकट स्रोतले बताएको भन्दै भास्करले समाचार छापेको छ । शोमा उनीहरू वाइल्ड कार्ड एन्ट्रीका रूपमा आउँछन् कि अतिथि भन्ने कुरा चाँहि स्पष्ट भइसकेको छैन ।
स्रोतको कुरालाई पत्याउने हो भने कार्दशियन दिदीबहिनीलाई डिसेम्बरमा शोमा प्रवेश गर्न गराइनेछ । कार्दशियन दिदीबहिनीमध्ये किम, कोर्टनी र कोल मध्ये कुनै दुई जना वा तीनै जना पनि शोको हिस्सा हुने भन्ने चासोको कुरा भएको बताइएको छ ।
अनन्तः राधिकाको बिहेका लागि आएका थिए भारत
किम कार्दशियन र कोल कार्दशियन यही वर्ष खर्बपति व्यापारी मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको बिहेमा सहभागी हुन भारत आएका थिए । यस क्रममा उनीहरू विवादका साथै हेडलाइनमा पनि रहिन् । किमले भगवान् गणेशको मूर्तिसँग केही तस्बिरहरू खिचेकी थिइन् । यी तस्बिरलाई उनले सामाजिक सञ्जालमा पोस्ट गरेपछि भगवानको मूर्तिलाई प्रपको रूपमा प्रयोग गरेको भन्दै उनी निकै ट्रोल भइन् । विवादपछि उनले ती तस्बिर हटाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय
-
महान्यायाधिवक्ताको कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचना
-
नेमकिपाको नयाँ नेतृत्व चयन मङ्गलबार
-
सर्लाहीको चक्रघट्टामा स्कारपियो पल्टिँदा चालकको मृत्यु
-
रुपन्देही सुनगाभा सैनामैना गोल्डकप : मुर्गिया फुटबल क्लबको विजयी सुरुवात
-
सल्लाघारी कन्सर्टमा आउन बालेनलाई गायक सुशान्त केसीको निम्तो