प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न समितिको बैठक बोलाइयो
बिहीबार, २९ कात्तिक २०८१, ११ : ४६
![प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न समितिको बैठक बोलाइयो](https://npcdn.ratopati.com/media/news/kp-oli_48X7qIthm6.jpg)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक बोलाइएको छ ।
मंसिर २ गते आइतबारका लागि प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बोलाइएको हो । उक्त बैठकमा प्रधानमन्त्रीको विदेश भ्रमणको विषयमा छलफल गर्नेगरी कार्यसूची तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।
बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा भ्रमणका क्रममा प्रधानमन्त्रीले चिनियाँ पक्षसँग उठाउनुपर्ने एजेण्डासहितका समग्र विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री ओली डिसेम्बर पहिलो साता चीन भ्रमणमा जाने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गरेको आरोपमा थप १ जना पक्राउ
-
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्ने ३ जनालाई धरौटीमा छाड्न आदेश
-
बीमक संघमा नयाँ कार्यसमिति निर्विरोध, अध्यक्षमा बैदवार
-
संघीय सरकारले समानिकरणको अनुदान रकम नपठाउँदा प्रदेशलाई आर्थिक भार थपियो : मुख्यमन्त्री आचार्य
-
भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित
-
केपी ओली कप : राजनीतिज्ञसँग कलाकारको टोली विजयी