भक्तराजको जीवनीमा बनेको फिल्म ‘आचार्य’ युट्युबमा (भिडियोसहित)
बिहीबार, २९ कात्तिक २०८१, ११ : ४५

काठमाडौँ । स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा बनेको फिल्म ‘आचार्य’ युट्युबमा आएको छ । फिल्मलाई ओएसआर डिजिटलले आफ्नो युट्युब मार्फत सार्वजनिक गरेको हो ।
सन् २०११ मा पहिलो पटक रिलिज भएको फिल्म गत असारमा पुनः प्रदर्शनमा आएको थियो । आचार्यको निधनपछि उहाँका छोराहरू सत्यराज र स्वरूप राजले आचार्यप्रति ट्रिब्युटको रुपमा फिल्म पुनः हलमा प्रदर्शन गरेका थिए ।
फिल्ममा सत्यराजले भक्तराजको भूमिका निर्वाह गरेका छन् । सत्यराजको अलावा फिल्ममा सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई र विपिन कार्कीको समेत अभिनय छ । फिल्मको निर्देशन प्रशान्त रसाइलीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित
-
वर–पिपलको छायामा बसेर...
-
शिक्षक आन्दोलनमा शिक्षकहरूबिच कुटाकुट, एकजना घाइते
-
दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको छ : परराष्ट्रमन्त्री
-
सरकारलाई असफल बनाएर पठाउने छुट कसैलाई छैन : साउद
-
साँफेहाटबजार आगलागीबाट प्रभावितलाई प्रदेश सरकारद्वारा १० लाख सहयोग घोषणा