आजदेखि प्रज्ञा प्रतिष्ठानमा ‘मह जात्रा’
काठमाडौँ । ‘मह’जोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले करिब दश वर्षपछि नेपालमा गर्न लागेको प्रहसन ‘मह जात्रा’आजदेखि सुरु हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुन लागेको कार्यक्रमको तयारी पूरा भएको आयोजकले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ । विज्ञप्तिमा कार्यक्रमका प्रहसन रियल्सल, स्टेज निर्माण लगायतको सम्पूर्ण तयारी पूरा बताइएको छ ।
मिरा फाउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ आयोजना गरिएको कार्यक्रम मंसिर १८ गतेसम्म चल्नेछ । कार्यक्रममा मह जोडीका अलवा किरण के.सी., राजाराम पौडेल, शिवहरि पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभुषा बस्नेतलगायतका कलाकारको प्रस्तुति रहनेछ ।
हास्य–व्यङ्ग्यको माध्यमबाट समाजमा विद्यमान समसामयिक समस्याहरू र विविध मुद्दाहरूलाई उजागर गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो । नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना र सांस्कृतिक कुरीतिहरूलाई व्यङ्ग्य शैलीमा प्रस्तुत गर्ने यो कार्यक्रममा मह जोडीको विशिष्ट र मौलिक प्रस्तुति रहने बताइन्छ ।
मह जोडीका यसअघि प्रस्तुत गरेका लोकप्रिय प्रहसन यमलोक प्यारालाइसिस, अंशबन्डा, विज्ञापन, श्राद्ध, नेपाल बन्द, रिमोट कन्ट्रोल, वडा नं. ३४, दुई सय पाँच, नाता, र शपथ ग्रहणलगायतमा दर्शकको राम्रो साथ रहेको थियो । यसमा पनि रहने आयोजकको विश्वास हो ।
दश वर्षको अन्तरालपछि फेरि मञ्चमा एकसाथ आउने महजोडीले प्रहसन मनोरञ्जनसँगै सामाजिक सन्देशको सम्मिश्रण हुनेछ । कार्यक्रममा महसंचारले सुश्री मिडियासँग सहकार्य गरेको छ । कार्यक्रमको टिकट खल्ती एपमार्फत लिन सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
सामाजिक सुरक्षा कोषद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान
-
आपूर्ति र कानुन मन्त्रालयबिचको हानथापले रोकियो उपभोक्ता अदालत गठन प्रक्रिया
-
एसइईका लागि परीक्षा आवेदन फाराम खुला
-
बागमती सरकारले त्यागेकै हो सुरुङमार्ग मोह ?