पूर्व प्रधानमन्त्री खनाल र कोरियाली राजदूतबिच भेटवार्ता
बिहीबार, २९ कात्तिक २०८१, ११ : १९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले भेटवार्ता गरेका छन् । खनाल निवास डल्लुमा खनाल र राजदूत पार्कबिच शिष्टाचार भेटवार्ता भएको हो ।
भेटका क्रममा पूर्व प्रधानमन्त्री खनालले नेपाल र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको पचासौँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल र कोरियाबिचको सम्बन्धमा अझै विकास हुने विश्वास व्यक्त गरे ।
राजदूत ताइयोङले पनि नेपालको आर्थिक विकासमा कोरियाको सधैँ सकारात्मक सहयोग रहेको र विशेषगरी हरित आर्थिक गतिविधिमा कोरियन सरकार नेपाललाई सहयोग गर्न इच्छुक रहेको बताए । भेटमा दुई देशबिचको आपसी हित एवं चासोको विषयमा कुराकानी भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रकृति लम्सालको मृत्यु प्रकरण : परराष्ट्रमन्त्री आरजुले गरिन् मुख्यमन्त्री माझीसँग फोनवार्ता
-
जिम्मेवारीमा रहेका नेताहरू कर्तव्यबाट भागेर पदको लडाइँमा मात्रै लाग्नु हुँदैन : एनपी साउद
-
झापामा सुनचाँदी र नगद चोरी
-
चार जना मृत फेला
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
-
राजेन्द्र भण्डारीका तीन कविता