जुम्लामा निःशुल्क कान शिविर
बिहीबार, २९ कात्तिक २०८१, १० : ५६
जुम्ला । सिंजा गाउँपालिकाको नराकोट स्वास्थ्यचौकीमा सञ्चालन भएको एकदिने कानसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय ५९ जना लाभान्वित भएका छन् ।
गाउँपालिकाको आयोजना तथा नेपालगञ्जस्थित विएन अस्पतालको प्राविधिक सहयोगमा बुधबार सम्पन्न शिविरमा एक सय ३६ पुरुष र एक सय २३ जना महिलाले सेवा लिएका सिंजा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले जानकारी दिए ।
गाउँमै दक्ष चिकित्सकबाट कानको उपचार पाउँदा यहाँका स्थानीयवासी खुसी भएका सिंजा गाउँपालिका–३ की नुन्नु उपाध्यायले बताए । पालिकाले अन्य स्थानमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारीका अवकाशप्राप्त महासचिवसम्मलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउन सिफारिस
-
पोखरामा कांग्रेसको अभिमुखीकरण कार्यक्रम सुरु
-
रेडियोकर्मी भण्डारीलाई ‘गोविन्द शर्मा स्मृति क्रियाशील पत्रकारिता सम्मान’
-
पाथीभरा केबलकार विवाद : एक सातादेखि यातायात ठप्प, जनजीवन प्रभावित
-
‘जनै हराएको बाहुन’को छायांकन चैतमा
-
साइराजको गीतमा अञ्जना र सुरेन्द्रको प्रेम वियोग