एक्समा केही पनि पोस्ट नगर्ने द गार्डियनकाे निर्णय

लन्डन । बेलायती पत्रिका द गार्डियनले माइक्रो ब्लगिङ वेबसाइट एक्समा अबदेखि कुनै पनि कुरा पोस्ट नगर्ने भएको छ । ‘हामीले हाम्रो आधिकारिक सम्पादकीय खाताबाट एक्समा पोस्ट गर्न बन्द गरेका छौं । तर एक्सका प्रयोगकर्ताहरूले हाम्रो समाचारहरू शेयर भने गर्न सक्छन्’ गार्जियनले भनेको छ ।
‘हामीलाई लाग्छ ‘एक्स’ मा अहिले धेरै नै नकारात्मकता छ । हामी हाम्रो पत्रकारितालाई थप बढावा दिन संसाधनहरूको राम्रो प्रयोग गर्न सक्छौं’ यसको कारण बताउँदै द गार्डियनले लेखेको छ । एक्समा प्रायः विचलित पार्ने खालको सामग्री पाइने भन्दै पत्रिकाले लामो समयदेखि यसबारे सोचिरहेको पनि पत्रिकाले बताएको छ । यसमा अति दक्षिणपन्थी प्रोपोगान्डा र नस्लवादसँग सम्बन्धित सामग्री पनि समावेश भएको बताइएको छ ।
‘अमेरिकी चुनावले पनि प्रमाणित गरेको छ कि एक्स एक विषाक्त प्लेटफर्म हो र यसको मालिक एलन मस्कले राजनीतिक वातावरणलाई प्रभाव पार्न प्रयोग गर्न सक्छ,’ अझ अगाडि पत्रिकाले भनेको छ ।
यद्यपि, एक्स प्रयोगकर्ताहरूले गार्डियनका लेखहरू मञ्चमा शेयर भने गर्न सक्छन् । आफ्ना पत्रकारले खबर संकलन गर्न एक्सको उपयोग गर्न सक्ने पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा