श्रीलङ्काली ब्याट्सम्यान फर्नान्डो र मेन्डिसको शतकसामु निरीह बन्यो न्युजिल्यान्ड
काठमाडौँ । घरेलु टोली श्रीलङ्काले बुधबार राति सम्पन्न पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ४५ रनले हराएको छ । जितसँगै श्रीलङ्काले तीन खेलको शृंखलामा १–० को अग्रता पनि लिएको छ ।
डम्बुलामा टस जिती पहिलो ब्याटिङको निर्णय लिएको श्रीलङ्काले ४९.२ ओभरमा पाँच विकट गुमाएर तीन सय २४ रन बनाएको थियो । वर्षाबाट खेल प्रभावित भएपछि न्युजिल्यान्डले २७ ओभरमा दुई सय २१ रन बनाउनु पर्ने गरी नयाँ लक्ष्य पाएको थियो ।
तर, न्युजिल्यान्डले २७ ओभरमा नौ विकेट गुमाएर एक सय ७५ रनमात्र बनाउन सक्यो । श्रीलंकाको जितमा दुई ब्याट्सम्यानले शतकीय योगदान गरे । ओपनर अभिषका फर्नान्डो र कुशल मेन्डिसले शतक बनाएका हुन् ।
अभिषकाले टोलीको खातामा एक सय रननको योगदान गरे । उनले एक सय १५ बलको सामना गरी दुई छक्का र नौ चौका पनि हिर्काए । २६ वर्षीय अभिषकाले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो चौथो शतक पनि हो ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिसले पनि टोलीका लागि एक सय ४३ रनको योगदान गरे । उनले केवल एक सय २८ बलको सामना गरी दुई छक्का र १७ चौका पनि हिर्काए । २९ वर्षीय कुशल मेन्डिसले पनि एकदिवसीय क्रिकेटमा बनाएको यो चौथो शतक हो ।
श्रीलङ्काले केवल १७ रनको कुल स्कोरमा आफ्नो पहिलो विकेट गुमाएको थियो । त्यसपछि अभिषका फर्नान्डो र कुशल मेन्डिसले टोलीको स्कोरलाई दुई सय २३ रनको स्थितिसम्म पु¥याएका थिए । कप्तान चरिथ असलान्काले पनि टोलीका लागि ४० रनको योगदान गरे ।
कप्तान असलान्काले केवल २८ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । न्युजिल्यान्डका बलर ज्याकब डफीले तीन विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोलीका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।
ओपनर विल योङले सर्वाधिक ४८ रन प्रहार गरे । उनले ४६ बलमा आठ चौका हिर्काए । अर्का ओपनर टिम रोविन्सनले पनि टोलीका लागि ३५ रन बनाए । माइकल ब्रासवेलले अविजित ३४ रन जोडे । श्रीलंकाका बलर दिल्सान मदुसानकाले तीन तथा महिश थिक्सना र चरिथ असालन्काले दुई–दुई विकेट हात पारे ।
कुशल मेन्डिस प्लेयर अफ दि म्याच घोषित भए । दोस्रो एकदिवसीय आइतबार राति खेलिने छ । यसअघि यी दुई राष्ट्रबिच दुई खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलिएको थियो । टी–२० शृंखला १–१ को बराबरीमा सकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा
-
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेलअघिनै क्वार्टरफाइनल प्रवेश
-
रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
-
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने