कनकाई–६ मा उपनिर्वाचनको सरगार्मी

झापा । आगामी मङ्सिर १६ गते कनकाई नगरपालिका–६ को वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनको सरगार्मी उक्त वडामा ह्वात्तै बढेको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार मङ्सिर २ गते उम्मेवारको मनोनयन हुनेछ । क्रियाशील दलहरुले आफ्नोतर्फबाट बन्ने उम्मेदवारको नाम घोषणा गरिसकेका कारण वडामा चुनावी सरगर्मी बढेको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार कनकाई–६ को उपनिर्वाचनमा दुई हजार ५८ मतदाताले भाग लिनेछन् ।
उपनिर्वाचनका लागि चम्पापुर माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ भने मतदानस्थलमा चम्पापुर (क) र चम्पापुर (ख) गरी दुई मतदान केन्द्र रहेका छन् ।
विसंं २०७९ को स्थानीय तह निर्वाचनमा सोही वडाबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट निर्वाचित वडाध्यक्ष दीर्घबहादुर थापाको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
वडाध्यक्षमा नेकपा एमालेले उपाध्यक्ष तुलाराम बस्नेतलाई उम्मेदवार घोषणा गरेको छभने नेपाली कांग्रेसका तर्फबाट रामगोपाल ओलीलाई उम्मेदवारका रुपमा प्रस्तुत गरिएको छ ।
यसैगरी,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गणेश थापा,राष्ट्रिय प्रजातन्त्र पार्टीले नारायण निरौलालाई उम्मेदवार बनाउने निर्णय सार्वजनिक गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियन ओपन कराँते च्याम्पियनसिपमा नेपालका पाँच खेलाडी
-
राजावादी समर्थकको आगजनीबाट जडीबुटी कम्पनीमा २८ करोड बराबरको क्षति
-
व्यस्त खेल तालिकाबिच दक्षिण अफ्रिकी क्रिकेट टोलीका प्रमुख प्रशिक्षकको राजीनामा
-
दम्पतीबिच कलह : दुई महिना अघि बिहे, इन्डोनेसियामा हनिमुन, शारीरिक सम्बन्ध राख्न अस्वीकारदेखि घरमै धर्नासम्म
-
उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको बोर्ड अफ ट्रेडबिच आर्थिक सहकार्य सुदृढ गर्न समझदारीपत्र हस्ताक्षर
-
प्रधानमन्त्री ओली र मोदीबिच शुक्रबार बैंककमा भेटघाट हुने