चर्चित खेलाडी शिखर धवनले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ । कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले बिहीबार धवनलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।
सम्झौतामा मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् । ३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपीएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन् ।
धवनलाई कर्णाली याक्समा अनुबन्ध गरेपछि मालिक झनक दत्त खनालले खुसी व्यक्त गरे । उनले नेपाली क्रिकेटकै लागि ठूलो उपलब्धि रहेको बताए ।
कर्णाली याक्समा अनुबन्ध भएका धवनले भारतको लागि ३२ टेष्टमा दुई हजार तीन सय १३ रन बनाएका छन् । १६७ एकदिवसीय खेलमा ६ हजार ७ सय ९३ रन बनाएका छन् । त्यस्तै, ६८ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ७ सय ५९ रन बनाएका छन् ।
कर्णाली याक्सको अन्य खेलाडीमा गुल्शन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी, दीपक डुम्रे छन् । एनपीएल मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित टीयू मैदानमा सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीप लामिछाने नेतृत्वको नेपाल रातोले रोहित पौडेल नेतृत्वको नेपाल निलोलाई हरायो
-
खोपको दुवै डोज एउटै हातमा लगाए प्रभावकारिता बढ्न सक्छ : अध्ययन
-
केन्द्र–वाम पार्टीद्वारा जर्मन गठबन्धन सम्झौता अनुमोदन, मेर्जलाई चान्सलर निर्वाचित हुने मार्ग प्रशस्त
-
अनधिकृत रूपमा पत्र लेख्ने अधिकृतमाथि कारबाही प्रक्रिया सुरु : सर्वोच्च अदालत
-
सर्वोच्चले भन्यो– पत्र कार्यान्वयन नगर्नू, रेशम चौधरीलाई थुनामुक्त गरिदिनू (पत्रसहित)
-
इयुसँगको सम्बन्धले विश्व अर्थतन्त्र र व्यापारमा ‘बहुमूल्य स्थिरता’ प्रदान गर्छ : चीन