के लिंग परिवर्तन गर्नु मानसिक रोग हो ?
काठमाडौं । हालै मात्र भारतीय पूर्व क्रिकेटर तथा टिम इन्डियाका ब्याटिङ कोच सञ्जय बांगरका छोराले लिंग परिवर्तन गरे । आर्यनबाट उनी अनाया बनिन् । आर्यन आफैँ क्रिकेटर हुन् । १० महिनाअघिसम्म उनी केटा थिए । तर अहिले केटी भएकी छिन् ।
उनले लिंग परिवर्तनको शल्यक्रिया गराइन् । यही निर्णयका कारण उनले क्रिकेट पनि सदाका लागि छोड्नुपरेको छ । ‘केटाबाट केटीमा परिणत हुन सजिलो छैन । कतिपयले यसलाई मानसिक रोग भन्छन्, तर यस्तो होइन । चिकित्सा भाषामा यसलाई ‘जेंडर डिस्फोरिया’ भनिन्छ र यो मानसिक रोग होइन ।’ आफ्नो सामाजिक सञ्जालमा हालै उनले बताएकी थिइन् ।
‘जेन्डर डिस्फोरिया’लाई स्वीकार गर्दैन समाज
हामी सबै आ–आफ्नो शरीरलाई खुसी हुन्छौं । यसलाई सिर्गार्छौ, सजाउँछौं । तर यो संसारमा यस्ता केही मानिसहरु पनि छन् । जसको शरीर र आत्मा फरक हुन सक्छ । शरीरले केटा भएर पनि कोही मनले केटी हुन सक्छन्, केटी भएर पनि केटा हुन पनि सक्छन् । लिंग केटाको भएपनि कसैको सोच–विचार केटीको जस्तै हुन्छ, केटीहरू जस्तै जिउन रुचाउँछन् ।
तर हाम्रो समाजमा यस्ता व्यक्तिलाई कुनै मानसिक विकार मान्दछन् । उनीहरुलाई दुव्र्यवहार र उत्पीडन गरिन्छ । तर मनोचिकित्सक मुस्कान यादव जेन्डर डिस्फोरिया मानसिक रोग नभएको बताउँछन् । ट्रान्सम्यान वा ट्रान्सवुमन बन्न चाहने मानिसहरूलाई केही प्रश्नहरू सोधिन्छन् । यो एउटा स्कोरिङ प्रणाली हो जसमा व्यक्ति मानसिक रूपमा बिरामी छ कि छैन भनेर जाँच गरिन्छ ।
कयौं सेसनपछि थाहा हुन्छ डिस्फोरिया
जेन्डर डिसफोरिया भएका व्यक्तिको पहिचान एकै पटकमा हुन्न । कयौं सेसन पछि मात्रै यसको पहिचान हुन्छ । यसका लागि ६ महिना वा १ वर्ष पनि लाग्न सक्छ । यदि कुनै व्यक्तिलाई जेन्डर डिसफोरिया छ भने मात्र उसको लिङ्ग परिवर्तन गर्न सकिन्छ ।
मनोचिकित्सकबाट स्वीकृति प्राप्त भएपछि, एन्डोक्रिनोलोजिस्टले लिंग बदल्ने शल्यक्रिया अघिको प्रक्रिया सुरु गर्दछ । शल्यक्रिया गर्नुअघि यस्ता व्यक्तिको पारिवारिक इतिहास सोधिन्छ । उनीहरुको कलेजो र मृगौलाको फङ्शनिङ परीक्षण गरिन्छ । रक्तचाप, सुगर, थाइराइड परीक्षण, क्रोमोजोम अध्ययन गरिन्छ ।
बाल्यकालमै पनि हुन सक्छ पहिचान
जेन्डर डिस्फोरिया भएका व्यक्तिको पहिचान २–३ वर्षको उमेरमै पनि हुन सक्छ । तर अभिभावकहरूले यसका लक्षणहरूलाई बेवास्ता गर्छन् । यस्ता बालबालिका बाल्यकालदेखि नै आफ्नो यौन पहिचानप्रति सन्तुष्ट हुँदैनन् । बालकले बाल्यकालमै आमाको लिपस्टिक र नेल पालिस लगाउन थाल्छ । साडी वा कुर्ता लगाउँछन् । बालिकाहरू फ्रक लगाउन मान्दैनन् ।
पिता वा दाजुले जस्तै दाह्री वा जुँगा बनाउने गर्छन् । किशोरावस्थामा प्रवेश गरेपछि हर्मोनल परिवर्तनले यस्ता बालबालिका समस्यामा पर्न थाल्छन् । दाह्री र जुँगा देखेपछि बालकलाई रिस उठ्छ र महिनावारीका कारण बालिकाहरू चिढिन थाल्छन् । यस्तो अवस्थामा अभिभावकले गाली गरे भने उनीहरू एक्लोपन वा डिप्रेशनको सिकार हुन थाल्छन् । कतिपय त विद्यालय जानै चाहँदैनन् वा छाड्छन् ।
हरेक महिना सुई लगाउनुपर्छ
केटाबाट केटी बन्न चाहनेहरूलाई एस्ट्रोजनको सुई दिइन्छ । केटीबाट केटा बन्न चाहनेहरूलाई टेस्टोस्टेरोन इन्जेक्सन दिइन्छ । यो प्रक्रिया ढिलो र छिटो दुबै विकल्पहरूमा उपलब्ध हुन्छ । छिटो छिटो परिवर्तन चाहनेहरूलाई हप्ता वा १० दिनमा एउटा सुई लगाइन्छ ।
सुस्तरी परिवर्तन चाहनेहरूलाई महिनामा एक पटक मात्रै सुँई लगाइन्छ । यसपछि फलोअप हुन्छ । कतिपय व्यक्तिमा ३ महिनाभित्र परिवर्तन देखिन थाल्छ भने केहीमा १ वर्षभित्र ।
पहिला आन्तरिक त्यसपछि मात्रै हुन्छ शारीरिक परिवर्तन
जो मानिस ट्रान्सम्यान वा ट्रान्सवुमन बन्छन् उनीहरुको शरीरको बाहिरी अंग आफ्नो इच्छा अनुसार परिवर्तन हुन्छ भन्छन् दिल्लीको सर गंगाराम अस्पतालका प्लास्टिक तथा कस्मेटिक सर्जन डा ललित चौधरी बताउँछन् ।
उदाहरणका लागि, यदि केटी ट्रान्सम्यान बनिरहेको छ भने उनको स्तन र पाठेघर हटाइनेछ । त्यसैगरी, ट्रान्समेनहरूले स्तनको र अनुहारको शल्यक्रिया गर्छन् । यस क्रममा अनेकौं शल्यक्रिया गरिन्छ । अन्ततः जनेन्द्रीयलाई प्रतिस्थापन गरिनेछ । तर यो निकै गाह्रो शल्यक्रिया हो र धेरैजसो ट्रान्समेन र ट्रान्सवुमेनले यो गर्न सक्दैनन् । यी सबै शल्यक्रियामा १ देखि २ वर्ष लाग्न सक्छ ।
जीवनभर लिनुपर्छ हर्मोनको सुँई
सेक्स रिअसाइन्मेन्ट सर्जरी पछि केटा वा केटी जस्तै शरीर त प्राप्त गर्न सकिन्छ । तर यो प्राकृतिक हुँदैन । त्यसैले शरीरमा हर्मोनलाई कृत्रिम रूपमा राख्नुपर्छ । यो शल्यक्रिया गर्ने व्यक्तिहरूले प्रत्येक ३ महिनामा एउटा हर्मोनल सुँई लगाउनु पर्छ ।
यो सुँई जीवनभर लगाउनुपर्छ, ताकि मनअनुसार शरीर देखियोस् । यस्ता मानिसहरू कहिले पनि सन्तान जन्माउन सक्दैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीआरसी आयोगमा उम्मेदवारी दिने म्याद थपियो
-
भीआईपी चोख्याउन ‘बयान कागज’को सहारा
-
मंसिर ७ गते एक लाख कार्यकर्ता सडकमा उतार्दै एमाले
-
पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन अधिकारकर्मीको माग
-
‘कर्णालीको शिक्षा नीतिको मस्यौदा बनेको धेरै भयो, अब त्यो काम नलाग्ने अवस्थामा पुग्यो’
-
सेन्ट जेभियर्स कलेजमा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु