हेलिकप्टरबाट गर्भवतीको उद्धार
बुधबार, २८ कात्तिक २०८१, २१ : २२
लमजुङ । यहाँको दूधपोखरी गाउँपालिका–२ विचौरस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सोही ठाउँकी २७ वर्षीया पृथी गुरुङलाई सिम्रिक हेलिकप्टरबाट आज पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको पहलमा उद्धार गरिएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बताए । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पु(याई गुरुङको शल्यक्रिया गरी छोरी जन्मिएको उनले जानकारी दिए ।
प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशमा सुत्केरी हुन नसकेका गर्भवतीलाई तत्काल बाहिर लैजानुपर्ने भएमा हेलिकप्टर उपलब्ध गराउँदै आएको स्वास्थ्यमन्त्री पाठकले बताए । उनका अनुसार हाल चिकित्सकको निगरानीमा सो सुत्केरी र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?
-
पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्रको अभिव्यक्तिले संसदमा तरंगदेखि उर्जामन्त्रीको विरोध गर्ने कर्मचारीलाई हटाउन मन्त्रालयको ताकेतासम्म
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति