यु–१९ महिला क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकपमा छनोट भएको यु–१९ महिला क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्चालमार्फत भनेका छन्, “महिला क्रिकेटमा नेपालले पहिलो पटक विश्वकप खेल्नेछ बधाई टिम नेपाल ।”
आज संयुक्त अरब इमिरेट्स (युएई)को अजमानमा भएको खेलमा आयोजक युएईमाथि आठ विकेटको ऐतिहासिक जीत निकाल्दै नेपाल विश्वकपका लागि छनोट भएको हो । नेपालले ६ खेलबाट १० अङ्क जोड्दै विश्वकपमा स्थान बनाएको हो । त्यस्तै युएईले पनि समान खेलबाट समान १० अङ्क जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भयो । यु–१९ विश्वकप क्रिकेट अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।
विश्वकपका साथै नेपाल यु–१९ एसिया कपका लागि पनि छनोट भएको छ । आगामी डिसेम्बरमा हुने यु–१९ महिला एसिया कपका लागिसमेत नेपाल छनोट भएको हो ।
यु–१९ एसिया कप क्रिकेटमा नेपालसहित ६ राष्ट्रको सहभागिता रहनेछ । उक्त प्रतियोगितामा नेपालसँगै पाकिस्तान, भारत श्रीलङ्का, बङ्गलादेश र मलेसिया सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
-
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने
-
रातको समयमा काठमाडौंंमा गयो भूकम्प
-
१२ बजे, १२ समाचार : बीआरआई ऋणमा स्वीकार्न नसकिने प्रधानमन्त्रीको भनाइदेखि आन्दोलनबाट क्षति पुगेको रास्वपाको निष्कर्षसम्म