को हुन् ट्रम्पको टोलीमा परेका ‘फक्स न्यूज’का एन्कर पीट हेगसेथ
बुधबार, २८ कात्तिक २०८१, २० : ०७

वासिङटन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मन्त्रीमण्डलमा लगातार महत्वपूर्ण पदमा नियुक्ति गरिरहेका छन् । बुधबार उनले फक्स न्यूजका एन्कर तथा पूर्वसैनिक पीट हेगसेथलाई अमेरिकी रक्षा मन्त्रीमा नियुक्त गरेका छन् ।
सेनामा रहँदा पीट अफगानिस्तान र इराकमा तैनाथ भएका थिए । ४४ वर्षका पीटको नाम घोषणा गर्दै ट्रम्पले उनलाई बलियो, बौद्धिक र ‘अमेरिका फस्र्ट’मा सच्चा विश्वासी भएको बताए ।
को हुन् हेगसेथ ?
पीटको जन्म मिनेसोटाको मिनियापोलिसमा भएको थियो । उनी आफ्नी श्रीमती र सात छोराछोरीसँग टेनेसीमा बस्छन् । उनले फक्स न्यूजमा सैन्य मुद्दाहरूसँग सम्बन्धित धेरै कार्यक्रमहरू होस्ट गरेका छन् । मंगलबार फक्स न्यूजमा उनको अन्तिम दिन थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम आक्रमणपछि पाकिस्तान सरकारको वेबसाइट र एक्स एकाउन्ट ब्लक
-
जम्मू कश्मीरको उधमपुरमा अतिवादीहरूसँगको भिडन्तमा एक सैनिकको मृत्यु
-
शान्ति वार्तालाई हानी पुर्याएको जेलेन्स्कीमाथि आरोप
-
भारतको कुनै पनि आक्रमणको उचित जवाफ दिने पाकिस्तानका रक्षामन्त्रीको चेतावनी
-
प्रहरीका ३११ जना इन्स्पेक्टरहरूको सरुवा (सूचीसहित)
-
एलन मस्कको डजले सँधैका लागि बन्द गर्ने भयो एमसीसी