अब भ्या भ्या नगर्ने विचार छ, माओवादीको सत्ता र सडक दुवै हो : अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी अहिले सत्ता र सरकार दुवैतिर रहेको बताएका छन् । अध्यक्ष प्रचण्डले लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्रमात्रै हुन सक्ने पनि बताएका छन् ।
बुधबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभ–२०२४’ अन्तर्गत ‘प्रचण्डपथ: सडक कि सत्ता ?’ विषयक सत्रमा बोल्दै अध्यक्ष प्रचण्डले सडक र सत्ता दुवैतिर रहेको बताएका हुन् ।
‘हाम्रो सत्ता पनि हो, सडक पनि । एकदम क्लियर । सत्ता र सडक दुइवटै हो’, अध्यक्ष प्रचण्डको भनाइ छ ।
उनले माओवादी केन्द्र प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षको हैसियतमा रहेको भन्दै त्यो पनि एउटा सत्ता भएको प्रष्ट्याए ।
‘सैद्धान्तिक रूपमा 'वेटिग गर्भमेन्ट' हो माओवादी । १२२ वटा पालिका छन् हाम्रो नेतृत्वमा । त्यो पनि सत्ता हो । अहिलेको संविधानले स्थानीय तहलाई पनि सरकार वा सत्ताका रूपमा मानेको छ’, प्रचण्डले भने, ‘र, सरकारले संविधान र लोकतन्त्र विरोधी जनविरोधी क्रियाकलाप गर्यो भने हामी खबरदारी गर्छौ । मैले प्रमुख प्रतिपक्षको हैसियतले सदनमा खबरदारी गरेको सबैले सुनेकै स्थिति छ । अव सात सय ५३ वटै पालिकामा खबरदारी गर्दैछौँ । त्यसकारणले सडकमा पनि छौँ ।’
तर अहिले माओवादी केन्द्रीय सत्ताको खेलमा नलाग्ने प्रचण्डले बताए । त्यसक्रमा प्रचण्डले भेडा र सिंहको कथा सुनाउँदै आफूहरू पनि केही समययता भेडासँग हिँडेकाले अलिअलि भ्या भ्या गर्न लागेको तर अव नगर्ने विचार रहेको बताए ।
प्रचण्डले लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्रमात्रै भएको पनि बताए । ‘लोकतन्त्रको विकल्प अराजकता र निरंकुशता होइन, हुन सक्दैन’, प्रचण्डको भनाइ छ ।
लोकतन्त्रको थप विकास र परिमार्जन गर्नुपर्ने बेला आएकोप्रति सहमति जनाउँदै उनले लोकतन्त्र सधैँ प्रश्नको घेरामा रहने, त्यसो भएन भने लोकतन्त्रको विकास पनि नहुने बताए । ‘नेपालको लोकतान्त्रिक व्यवस्थाले जनताको आवश्यकता र चाहना सम्बोधन गर्न नसकेको सत्य हो । तर यसको विकल्प छैन’, प्रचण्डको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डाक्टरलाई मनोरञ्जन दिलाउन खेलकुद प्रतियोगिता हुने
-
बुटवल–नारायणगढ सडकको ठेक्का तोडेर मन्त्रालय अघि बढ्छ : मन्त्री दाहाल
-
व्यावसायिक टेनिसको पहिलो खेलमै पराजित भए चर्चित फुटबलर डिएगो फोर्लान
-
जाडो मौसममानि मोनियाबाट बच्न के गर्ने ?
-
राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपति अलियेफबिच भेटवार्ता
-
द्वन्द्वकालीन मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने प्रयोजनका लागि रोम विधानबारे सर्वोच्चमा बहस