अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्म बन्यो पूर्णबहादुरको सारंगी
बुधबार, २८ कात्तिक २०८१, १८ : ०७
१

काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने नेपाली फिल्मको इतिहास बनाएको छ । फिल्मले प्रदर्शनको १३ औँ दिन मंगलबारसम्म देशव्यापी २५ करोड ४ लाख रुपैयाँ कमाएको छ ।
फिल्मले यसअघि धेरै कमाउने फिल्ममा नाम लेखेको ‘कबड्डी ४’को रेकड समेत तोडेको हो ।
वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले मंगलबार मात्र २ करोड ५ लाख रुपैयाँ कमाएको बताएको छ ।
विजय बराल स्टार फिल्मले धेरै कमाउने घरेलु फिल्मको रूपमा इतिहास रचेको हो । निर्माताले दिएको आधारमा कबड्डी ४ को कलेक्सन (२३ करोड ५० लाख) र चलचित्र विकास बोर्डले दिएको तथ्यांकको आधारमा (२१ करोड ३८ लाख) छ ।
फिल्मले सर्वाधिक कलेक्सनको रूपमा मात्र इतिहास रचेन । सर्वाधिक शो पाउने, छोटो समयमा धेरै कमाउने लगायत विभिन्न रेकड समेत कायम गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बिचौलियाका कारण सरकारले गभर्नर नियुक्ति गर्न सकेन : प्रचण्ड
-
२६ वर्ष पछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा
-
‘कार्यशैली नबदले जनताले सरकारको विकल्प खोज्छन्’
-
गणेश थापामाथि फिफाले लगाएको प्रतिबन्ध टुंगियो
-
‘आफू काम नगर्ने, गल्लीमा बसेर गाली मात्र गर्ने ?’
-
कांग्रेस-एमालेका नेतासँगको संवादपछि सरकार टिक्दैन भनेको हो : प्रचण्ड