आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

उमा कुङफु संघमा सञ्जित निर्विरोध

बुधबार, २८ कात्तिक २०८१, १६ : ५९
बुधबार, २८ कात्तिक २०८१

काठमाडौँ । नेपाल उमा कुङफु संघको पाँचौं साधारणसभाले सञ्जितकुमार राईको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति बुधवार निर्विरोध चयन गरेको छ । यसअघि उनी केन्द्रीय कार्यसमितिमा उपाध्यक्ष थिए । सञ्जित संस्थापक सदस्य पनि हुन् ।

सञ्जितले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई स्वर्ण र एक कांस्य पदक जितेका छन् । उनले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स गेम्समा एक स्वर्ण र एक कांस्य तथा सन् २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।

राष्ट्रिय उमा कुङफु प्रतियोगिताको दुई संस्करणमा सञ्जितले दुई स्वर्ण जितेका छन् । भारत, अस्ट्रिया र जर्मनीमा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका सञ्जितले विभिन्न घरेलु प्रतियोगितामा मुख्य निर्णायक रूपमा पनि काम गरेका थिए ।

केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा रमेश महर्जन, सिद्धार्थ लामा तामाङ, मुन्नी सुवेदी तामाङ, राजदिस नेम्कुल, भूपेन्द्र गुरुङ र अनिमेशलाल श्रेष्ठ रहेका छन् । कमल मगरले महासचिव, कृष्णकुमार मगरले सचिव र सूर्य तामाङले कोषाध्यक्षको जिम्मेवारी पाए ।

गुना गुरुङ, रत्न थापा राणा, रोजी श्रेष्ठ, शेरबहादुर गुरुङ र सुजन कक्षपति सदस्यमा चयन भए । साधारण सभामा नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स सङ्घका अध्यक्ष सुदिप पण्डित क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप