बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

दुर्व्यसनी छोराबाट आफूलाई बचाउन आमाले घरमै बनाइन् जेल

बुधबार, २८ कात्तिक २०८१, १६ : १६
बुधबार, २८ कात्तिक २०८१

बैंकक । थाइल्यान्डमा एक वृद्ध महिलाले आफ्नै घरभित्र जेलको कोठा बनाएकी छिन् । लागू पदार्थको दुर्व्यसनी र जुवाडे छोराबाट आफूलाई बचाउन महिलाले यस्तो उपाय अपनाएकी हुन् ।

२० वर्षसम्म दुर्व्यसनी  छोराले के गर्दा भन्ने भयमा बाँचेकी थाइल्यान्डको बुरिराम प्रान्तकी ६४ वर्षकी महिलाले आफू र आफ्नो छिमेकीलाई जोगाउन कसैले नसोचेको उपाय अपनाएकी छिन् ।

हालै मात्र महिलाले ठेकेदारलाई ४२ वर्षीय छोरा आक्रामक बनेपछि थुन्नका लागि भनेर घरभित्र जेलको कोठा बनाउन लगाइन् । वर्षौदेखि आफूले छोरालाई बचाउन सकेको सबै गरेको पनि महिलाले प्रहरीलाई भनेकी छिन् ।

देशभरका १० फरक फरक पुनर्वास केन्द्रमा छोरालाई कयौंपटक राखिन् पनि । तर कुनै उपायले काम गरेन । समय बित्दै जाँदा वृद्धाको छोरा झन् झन् आक्रामक बन्दै गए ।

छोरा दुर्व्यसनी त थिए नै त्यसमाथि जुवाको पनि लत लाग्यो । यसले गर्दा स्थिति झनै बिग्रियो । ‘२० वर्षसम्म निरन्तर म भयमा बाँचेको थिएँ’ ती महिलाले पत्रकारहरूलाई भनिन् । श्रीमान् बितेपछि महिला एक्लो छोरासँग बस्दै आएकी थिइन् ।

वृद्धाको श्रीमान् छोराको दुर्व्यसनकै कारण डिप्रेसन र तनावका कारण मरेका थिए ।  आफू अनि आफ्नो छरछिमेकको असुरक्षाको भयले घरभित्रै जेल बनाएको महिलाको भनाइ छ ।

अक्टोबर २३ मा छोरालाई नियन्त्रण गर्न नसकेपछि महिलाले प्रहरीसँगै गुहार माग्नुपर्‍यो । छोरा अस्पतालमा भए पनि कुनै न कुनै दिन त घर  फर्केर आइहाल्छ भनेर अब भने महिलाले घरमै जेलको जस्तै कोठा बनाइन् ।

सो कोठामा ओछ्यान, स्नानगृह र वाई फाई जस्ता सबै अत्यावश्यक वस्तु भएको वृद्धाको भनाइ छ । खानेकुरा दिनका लागि सानो प्वाल पनि बनाउन लगाएकी छिन् ।

जेलभित्र छोराका लागि पर्याप्त ठाउँ हुने र खानेकुरा र पानीको पनि पूरै व्यवस्था वृद्धाले मिलाएकी छिन् । २४ सैं घण्टा छोराको व्यवहारमाथि निगरानी राख्न सीसीटीभी पनि जडान गरेकी छिन् ।

यति गरेपछि आफू र छिमेकी दुवै छोराको आक्रामक व्यवहारबाट जोगिने आशा वृद्धाको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप