बन्दीपुरका विद्यालयमा पढाइसँगै ‘हामी सक्छौँ हामी गर्छौं’ कार्यक्रम

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकामा पढाइसँगै सीपको विकास गर्ने उद्देश्यसहित ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गरिने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रमअनुसार विद्यालयका विद्यार्थीलाई ‘हामी सक्छौं, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख भीमप्रसाद लामिछानेले जानकारी दिए ।
गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालनका लागि कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरू कम्तीमा ३० देखि ५० जनाको समूहलाई प्रस्ताव पेस गर्न आह्वान गरेको छ । विद्यालयले उक्त कार्यक्रममा पेन्टिङ, हाउस वाइरिङ, प्लम्बिङ तथा कपाल काट्ने लगायतका सीपमूलक तालिम कम्तीमा एक महिनासम्म सञ्चालन गर्न सक्ने गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।
विद्यार्थीहरूका लागि गुणस्तरीय सिकाइलाई प्रभावकारी बनाउन यस्तो कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । थापाले उक्त कार्यक्रमका माध्यमबाट पढ्दै गरेका विद्यार्थीहरू आगामी दिनमा बेरोजगार बन्न नदिन साथै उद्यमशीलाको विकास गरी स्वरोजगार बन्न सक्ने उल्लेख गरे । थापाले भने, “विद्यार्थीको सीपले व्यवहार परिवर्तन हुनुका साथै अभिभावकको शिक्षामा गर्नुपर्ने आर्थिक लगानीको दायित्व घट्ने विश्वास व्यक्त गरिएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म