इजरायलको बचाउमा उत्रियो अमेरिका
बुधबार, २८ कात्तिक २०८१, १५ : ३३

तेल अभिभ । मानवीय सहायतालाई गाजा पुग्नबाट रोक्ने क्रममा इजरायलले अमेरिकी कानुनको उल्लंघन नगरेको अमेरिकाले बताएको छ ।
अमेरिकाले यसअघि इजरायललाई ३० दिनभित्र गाजामा मानवीय सहायताको पहुँच बढाउन होइन भने सैन्य सहायता रोकिने जोखिम बढाउन अल्टिमेटम दिएको थियो । इजरायलले गाजामा मानवीय सहायता पुर्याउन धेरै कदम चालेको तर अझै धेरै काम गर्न बाँकी रहेको अमेरिकी अधिकारीहरूले मंगलबार भनेका छन् ।
गाजामा सहायता पुर्याउन नयाँ क्रसिङ खोलिएको र यसबाट उत्तरी क्षेत्रमा पुनः सहायता पुग्न थालेको अमेरिकी विदेश विभागका प्रवक्ता वेदान्त पटेलले बताएका छन् । तर, उनले शरणार्थी शिविरमा मानवीय सहायता पुर्याएको हो वा होइन चाहिँ भनेनन् ।
अमेरिकी दाबीको विपरीत गाजामा पुर्याइएको मानवीय सहायता यस वर्षको सबैभन्दा न्यून स्तरमा रहेको चेतावनी संयुक्त राष्ट्र संघले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अम्पायरले किन सुनिल नारिनलाई उनको ब्याटले खेल्न दिएनन् ?
-
सुनको मूल्य २७०० रुपैयाँ बढ्यो, भाउ हालसम्मकै उच्च
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा प्रधानन्यायाधीशसहितको पूर्ण इजलासमा
-
मुग्लिङ–पोखरा सडक खण्ड विस्तार धमाधम (तस्बिरहरू)
-
रासन लिन २०० माइल यात्रा गर्नुपर्ने अमेरिकाकै दुर्गम ठाउँमा किन बस्छिन् यी महिला ?
-
जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण