नेपालमा ६ महिना वायु प्रदूषणको जोखिम
बुधबार, २८ कात्तिक २०८१, १५ : २७
![नेपालमा ६ महिना वायु प्रदूषणको जोखिम](https://npcdn.ratopati.com/media/news/air-pollution-(6)_y8omiC8RkJ.jpg)
काठमाडौँ । नेपालमा बर्सेनि ६ महिना वायु प्रदूषण जोखिम हुने गरेको छ । वायु गुणस्तर विज्ञ डा. भूपेन्द्र दासका अनुसार नोभेम्बरदेखि अप्रिलसम्म नेपालमा वायु प्रदूषणको जोखिम रहन्छ ।
उनले नेपालमा बर्सेनि करिब ३० लाख मेट्रिक टन कृषि अवशेष जलाइने बताए । जसले वायु प्रदूषण बढाउने उनको भनाइ छ । यसका साथै, सवारी साधन, उद्योग, निर्माण कार्य लगायतका कारणले वायु प्रदूषण हुने गर्दछ ।
‘भारतको नयाँ दिल्ली र पाकिस्तानको लाहोर विश्वमै सबैभन्दा बढी वायु प्रदूषणको जोखिममा छन्,’ उनले भने, ‘नेपालमा पनि सुरु हुन थालेको छ । पराल तथा फोहोरसमेत जलाउने गर्दा प्रदूषण बढ्छ ।’
बुधबार नेपालको आईक्यू एयरका अनुसार नेपालको एक्यूआइ १ सय २६ रहेको छ ।
डब्ल्यूएचओले एक्यूआई १५० भन्दामा माथि पुग्दा वायुलाई ‘अस्वस्थ’ मानेको छ । सो अंक ३०० भन्दा माथि पुगे त्यसलाई ‘खतरनाक’ मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुष्पसदन टेबलटेनिसमा सेन्टमेरिज र डिलाईटको जित
-
बास्केटबलमा एक्सेल्सियरको दोहोरो जित
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, यी चार प्रदेशमा हिमपातको सम्भावना
-
यूएसएआईडीका दश हजार कर्मचारीको जागिर चट् पार्ने ट्रम्पको योजनामा अस्थायी रोक
-
७५३ वटै पालिकामा डीडीसीका उत्पादन बिक्रीको व्यवस्था मिलाउन माग
-
आज भीमा एकादशी व्रत, भगवान् विष्णुको पूजा गरी मनाइँदै