बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
स्थानीय तह उपनिर्वाचन

राप्रपाले कहाँ–कहाँ टुंग्यायो उम्मेदवार ? (सूचीसहित)

बुधबार, २८ कात्तिक २०८१, १६ : ५८
बुधबार, २८ कात्तिक २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि अधिकांश स्थानको उम्मेदवार टुंगो लगाएको छ । 

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सम्बन्धित उपनिर्वाचन हुने वडा र गाउँ तथा नगर कमिटीबाट आएका सिफारिसलाई केन्द्रीय निर्वाचन समितिले टुंगो लगाएको रातोपाटीलाई जानकारी दिए । 

उनले केही स्थानको सिफारिस प्राप्त हुन बाँकी भएको र प्राप्त भएलगत्तै टुंगो लगाउने जानकारी दिए । राप्रपाले उपनिर्वाचन हुन लागेको सबै सिटमा उम्मेदवारी दिने जनाएको छ ।

 उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गराउने गरी निर्वाचन आयोगले कार्यतालिका बनाएको छ । 
कहाँ को भए उम्मेदवार सूची हेर्नुहोस्-

कोशी 
झापा : कन्काइ न.पा ६ -नारायण प्रसाद निरौला 
सुनसरी : गढी गा.पा ६ कबिता कुमारी उराब
तेह्रथुम : लालीगुरास नपा ८ रत्न बहादुर श्रीपाली
ओखलढुंगा : मोलुङ गा.पा ५-चन्द्रमणी दाहाल
मधेस 
सप्तरी : डाक्नेश्वर न.पा १-सतिस कुमार चौधरी 
सप्तरी : डाक्नेश्वर न.पा ४-राम कुमार यादब
बागमती 
दोलखा : गौरीशंकर गा.पा उपाध्यक्ष मन कुमारी श्रेष्ठ 
काठमाडौ : कीर्तिपुर न.पा. प्रमुख ध्रुव महर्जन 
काठमाडौ : कीर्तिपुर न.पा.१-सुरेन्द्र उप्रेती 
काठमाडौ : कीर्तिपुर न.पा.४-बिजेश बस्नेत
काठमाडौँ-१६ : श्यामकृष्ण श्रेष्ठ

मकवानपुर : हेटौंडा उमनपा १२ प्रेम लामा भ्लोन
लुम्बिनी 
गुल्मी : मुसीकोट गा.पा १-इश्वरी खाती
रोल्पा:रुन्तीगडी गा.पा ४ पहल बहादुर वली
कपीलबस्तु:शुद्धोधन १ इम्तीयाज अहमद 
कर्णाली 
कालीकोट:तिलागुफा नपा ४ जुद्ध बहादुर शाही
बाजुरा : स्वामीकार्तीक खापर गापा उपाध्यक्ष सुना देवी थापा (भोटे)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप