रिलिजको एक दिनअघि कानुनी झमेलामा फस्यो ‘कंगुवा’
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता सूर्या र बलिउड अभिनेता बबी देओलको फिल्म कंगुवा नोभेम्बर १४ मा रिलिज हुँदैछ । दर्शकहरू कहिले यो फिल्म पर्दामा आउला भनेर कुरिरहेका छन् । फिल्मको प्रचार प्रसार गर्न कयौँ कार्यक्रमको तयारी भइरहेको छ । तर यसैबिच फिल्म कानुनी झमेलामा फसेको छ ।
यो शर्तमा हुनेछ रिलिज
खबरका अनुसार फिल्मका निर्माताहरूले उच्च अदालतको आधिकारिक प्रतिनिधिकहाँ २० करोड भारु जम्मा नगरेसम्म ‘कंगुवा’को रिलिजमा रोक लगाउन आदेश मद्रास हाईकोर्टले जारी गरेको छ ।
‘यदि नोभेम्बर १३ को मध्यरातिसम्म २० करोड भारु जम्मा गरे भने निर्माताले कंगुवा फिल्म रिलिज गर्न सक्नेछन् । रिलिज भएको एक साताभित्र फिल्मको कलेक्शनको हिसाब पेस गर्ने शर्तमा राखेका छन्’ अदालतले भनेको छ ।
के हो पुरा मामिला ?
रिपोर्टका अनुसार सन् २०११ मा स्टुडियो ग्रीनका केई ज्ञानवेल राजा र अर्जुनलाल सुन्दरदासबीच फिल्म बनाउने सम्झौता भएको थियो । फिल्ममा प्रारम्भिक ४० करोड रुपैयाँ लगानी गरिएको थियो । तर, १२ करोड ८५ लाख रुपैयाँ योगदान दिएर अर्जुनलालले आयोजनाबाट हात झिके । टाट पल्टिएपछि मद्रास उच्च अदालतले उनको सम्पत्ति र लेनदेनको प्रवन्ध गर्न एक अधिकारीलाई नियुक्त गरेका थिए ।
‘कंगुवा’को कमाइबाट तिर्नुपर्नेछ पैसा
अर्जुनलालको सम्पत्ति र दायित्वको विस्तृत समीक्षापछि अधिकारीले एउटा आवेदन दायर गरेर र केई ज्ञानवेल राजालाई १८ प्रतिशत ब्याजसहित १० करोड ३५ लाख भारु चुकाउन निर्देशन दिन उच्च अदालतमा निवेदन दिए । अदालतले सन् २०१९ मा निवेदन स्वीकार गर्दै अधिकारीलाई सम्पूर्ण रकम ब्याजसहित फिर्ता गर्न निर्माताहरूलाई आदेश दिएको थियो ।
अदालतको निर्णय
तर, ‘तंगलान’ रिलिज भएपछि पनि ती अधिकारीले ३ करोड ९३ लाख भारु मात्रै पाए । त्यसैले सूर्याको ‘कंगुवा’ रिलिज हुनुअघि नै बक्यौता ऋणको पूर्ण भुक्तानीका लागि नयाँ निवेदन दर्ता गर्न उनी बाध्य भए ।
रिटको सुनुवाइपछि ‘कंगुवा’को रिलिजमा रोक लगाउन आदेश दिनुबाहेक अर्को विकल्प नरहेको अदालतले निर्मातालाई बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियाल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा, उपाधि भिडन्त बार्सिलोनासँग
-
लघुवित्त वित्तमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
-
धरौटीमा छुटेका रवि घर पुगे, शुक्रबार काठमाडौंं जिल्ला अदालत उपस्थित हुने
-
अख्तियारको कार्यालय पुगेर खामभित्र घुस दिने सापकोटाविरूद्ध मुद्दा दायर
-
टीकापुर जग्गा हिनामिना प्रकरणमा ८७ जना दोषी ठहर
-
१२ बजे, १२ समाचार : रवि ६५ लाख धरौटी बुझाएर थुनामुक्तदेखि दुर्गा प्रसाईंका सहयोगीले ३ लाख बुझाउन नसक्दा कारागार चलानसम्म