‘खोरमा ठुलो स्वरमा कराउँदैमा स्याल बाघ हुँदैन’
काठमाडौँ । नेपाली कांग्रेस का युवा नेता भूपेन्द्र जङ शाहीले खोरमा ठुलो स्वरमा कराउँदैमा स्याल बाघ नहुने भन्दै कटाक्ष गरेका छन् । हाल सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति इङ्गित गर्दै उनले सो कुरा बताएका हुन् ।
लामिछानेलाई पोखराबाट मंगलबार दिउँसो भैरहवा लगेर सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो । पहिलो दिनको बयान सकेर निस्कने क्रममा लामिछानेले बाघलाई खोरमा थुन्दैमा स्याल नहुने बताएका थिए। ‘बाघलाई खोरमा थुन्दैमा स्याल हुँदैन’, समर्थकलाई हात हल्लाउँदै लामिछानेले भने ।
पर्साको वीरगन्जमा आयोजित युवा सङ्कल्प यात्राको कार्यक्रममा बोल्दै शाहीले सहकारीको रकम अपचलन गर्नेहरू जनतालाई भ्रमित पार्ने गतिविधि गर्दै न्यायालयलाई समेत प्रभावित पार्ने किसिममा गतिविधिमा संलग्न रहेको आरोप लगाए ।
उनले भने, ‘खोरमा बसेर बाघ र स्यालको कुरा । एउटा कुरा रवि, छवि जो सुकै हुन्, सहकारी ठग्ने जुनसुकै दलका हुन्, उनीहरूलाई कडा कारबाही हुनुपर्छ । हाम्रो कुरा त्यो हो । खोरमा ठुलो स्वरमा कराउँदैमा स्याल बाघ हुन सक्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामगोपालपुरको उपनिर्वाचनले राजनीतिक माहोल तातियो, को-को छन् उम्मेदवार ?
-
जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
-
उर्जा राज्यमन्त्रीको कम्पनी चार महिनादेखि सम्पर्कविहीन
-
बोर्डर–गावस्कर ट्रफीअघि रिकी पोन्टिङ र गौतम गम्भीरबिच आरोप–प्रत्यारोप
-
साढे २२ किलो लागुऔषध चरेससहित तीन जना पक्राउ
-
अदालतको पूर्ण पाठपछि मारवाडी सेवा समितिका अध्यक्ष भन्छन्– उच्च अदालत जान्छौँ