प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा दुई घाइते
बुधबार, २८ कात्तिक २०८१, १४ : २५

काठमाडौँ । झाक्री प्रकाश भुजेल सवार गाडी (ल्याण्ड क्रुजर) ले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । बा १९ च २६९५ नम्बरको भुजेलेको गाडीले ब्रम्हखेल पुलनजिक मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएको बौद्ध प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि शंकरापुर अस्पताल पठाएपनि उनीहरुको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ । ‘चालक फरार भएको अवस्था छ, थप अनुसन्धान भइरहेको छ’,जिल्ला प्रहरी परिसर काठमाडौँका एक प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले मकवानपुरका अध्यक्ष पोखरेल घाइते
-
वन्यजन्तु जोगाउन दश वर्षदेखि राप्ती सरसफाइ
-
भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
-
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : सांसद गौतम
-
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू
-
यो सिजन दोस्रो पटक आमनेसामने हुँदै कोलकाता र पञ्जाब