आईपीएल क्रिकेट : मुनाफ पटेल दिल्ली क्यापिटल्सको बलिङ प्रशिक्षक नियुक्त

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजनका लागि दिल्ली क्यापिटल्सले मुनाफ पटेललाई आफ्नो बलिङ प्रशिक्षकमा नियुक्त गरेको छ । मुनाफ पटेल भारतीय टोलीका तीव्र गतिका पूर्वबलर हुन् ।
दिल्ली क्यापिटल्सको प्रमुख प्रशिक्षक भने हेमाङ्ग बदानी हुन् । ४१ वर्षीय मुनाफ पटेल पहिलो पटक प्रशिक्षणमा जोडिएका हुन् । आफ्नो समयका प्रभावशाली खेलाडी मुनाफ पटेलले सन् २०१८ मा सक्रिय खेलजीवनबाट सन्न्यास लिएका थिए ।
उनी भारतलाई सन् २०११ को विश्वकप जिताउने टोलीका महत्वपूर्ण सदस्य पनि हुन् । त्यतिबेला भारतले फाइनलमा श्रीलंकालाई ६ विकेटले हराउँदै उपाधि चुमेको थियो । मुनाफ पटेलले सन् २०१३ मा मुम्बई इन्डियन्सलाई आईपीएलको उपाधि चुमाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
मुनाफले दिल्ली क्यापिटल्समा अस्ट्रेलियाका पूर्वअलराउन्डर जेम्स होप्सको स्थान लिएका हुन् । होप्सले गत जुलाईमा दिल्ली क्यापिटल्स छाडेका थिए । त्यसअघि अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले पनि क्लब छाडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले तेस्रो गोरखा–जितगढी एकीकरण पदयात्रा गर्दै
-
विश्वभरका गैरआवासीय नेपालीले एकताबद्ध एनआरएनए चाहेका छन्ः कुँवर
-
‘वसन्त’ नितान्त मेरो अनुभूति र ग्रामीण समाजको चित्रण हो : प्रकाश सपूत
-
पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्रको सेट परिवर्तन
-
दुर्गा प्रसाईंको राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै
-
१० बजे १० समाचार : ज्ञानेन्द्रलाई जरिवाना, राजावादी धमाधम पक्राउ पर्दा कमाण्डर फरार