बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ

बुधबार, २८ कात्तिक २०८१, १३ : २८
बुधबार, २८ कात्तिक २०८१

धनुषा । जनकपुर उपमहानगरपालिका-१२ कुवारामपुर बजारबाट स्रोत नखुलेको नगद १९ लाख रूपैयाँ सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य मधुबनी चाना हरलाखी ग्राम पञ्चायत हरलाखी-८ बस्ने २६ वर्षीय विष्णु देव यादव, धनुषा जनकपुर उपमहानगरपालिका-४ बस्ने २८ वर्षीय रमेश साह, धनौजी गाउँपालिका-७ भररिया टोल बस्ने २० वर्षीय रवि पासवान रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१२ प ६४३ नम्बरको मोटरसाइकलमा सवार विष्णु देवलाई उक्त नगद सहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न रमेश र रविलाई समेत पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप