जुवातास खेलिरहेका २० जना पक्राउ
बुधबार, २८ कात्तिक २०८१, १३ : १४
काठमाडौँ । कास्की र तनहुँबाट जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन् ।
कास्की, पोखरा महानगरपालिका-१६ अमरदिप बस्ने ४५ वर्षीया गौमाया गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १ हजार २ सय ४० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
तनहुँ, शुक्लागण्डकी नगरपालिका-२ हलेदी बस्ने ५० वर्षीय मान बहादुर घलेको घरमा जुवा खेलिरहेको अवस्थामा घले समेत १३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ४३ हजार १ सय ९० रुपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रेकअप पछि एक्लै बसेर खुबै रुन्छन् सलमान खान ?
-
खेलकुदमन्त्री चौधरीलाई सांसदको प्रश्न : ०४७ सालको संविधान कार्यान्वयन हो कि, संशोधन भइसक्यो ?
-
बोर्डभित्र असन्तुष्टिबिच अघि बढ्यो नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया
-
जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छ : मन्त्री भण्डारी
-
कमल थापा दिल्ली प्रस्थान
-
चाबहिलमा युवकको हत्या, ३ जना पक्राउ