पाेखरा प्रदर्शन
पोखरामा आज पनि एमालेको प्रदर्शन, विशेष नगरसभा माग
बुधबार, २८ कात्तिक २०८१, १३ : ०२

पोखरा । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले आज पनि पोखरा महानगरपालिका घेरेका छन् । करार कर्मचारी हटाउने कार्यपालिका बैठकले निर्णय गरेपछि एमाले हप्ता दिनदेखि आन्दोलित छ ।
बुधबारको प्रदर्शनमा एमालेले विशेष नगरसभा माग गरेको छ । बिहीबार लिखित रूपमा नगरसभा मागको पत्र बुझाउने दलका नेता राधिका शाहीले जानकारी दिइन् ।
'बिहीबार उपमेयर आउनुहुन्छ । सल्लाह गरेर लिखित माग गर्छौँ,' उनले भनिन् । नगरसभामा एमाले बहुमत छ । कार्यपालिकामा भने कांग्रेसको बहुमत छ ।
यहाँका मेयर धनराज आचार्य एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन । विशेष नगरसभा बोलाउन २५ प्रतिशतको समर्थन चाहिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : सांसद गौतम
-
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू
-
यो सिजन दोस्रो पटक आमनेसामने हुँदै कोलकाता र पञ्जाब
-
कोशीमा पर्यटन वर्ष सुरूसँगै पर्यटकको चहलपहल बढ्यो
-
जनमत–नागरिक उन्मुक्ति एकता : मतदाता परिचय पत्रसहित बैठकमा उपस्थित हुन जनमतको आग्रह
-
सरकार र आन्दोलनरत शिक्षकबिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति