वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण
बुधबार, २८ कात्तिक २०८१, १३ : ०१

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसनले सामाजिक उत्तरदायित्व सम्बन्धी परियोजना पूरा गर्दै दोलखामा गौरी शंकर बालगृहको मर्मत गरिएको भवन हस्तान्तरण गरेको छ। यस अवसरमा वर्ल्डलिंककी लेगेसी प्रोमोटर शेयरहोल्डर र सामाजिक उत्तरदायित्व कार्यक्रम कार्य प्रमुख अनुपा भण्डारी जालान, भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर, बालगृह अध्यक्ष विद्यालक्ष्मी उपाध्याय लगायतका बोर्डका सदस्यहरू उपस्थित थिए।
वर्ल्डलिंकले भवनको मर्मत कार्यमा २०७२ को भूकम्पका कारण क्षतिग्रस्त भएका भवनको छाना चुहावट तथा भित्ताहरूको मर्मतसँगै झ्यालढोकाको मर्मत तथा रङरोगन, लगायत तीनवटा शौचालय तथा तीनवटा स्नान गृहको समग्र पुनर्निर्माण र आश्रित १७ जना बालकहरूका लागि डस्ना-कम्बल, र स्टेशनरी प्रदान गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतविरुद्ध कुशल भुर्तेलको अर्धशतक
-
मणिलेक बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी, सभापतिमा मनोज दत्त ओझा
-
अवैध लागू औषधसहित एक जना पक्राउ
-
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा माओवादी केन्द्रका नेताहरु पुगे चीनको चोङकिङ
-
चारदेशीय टी-२० आई सिरिजः कुवेतले नेपाललाई दियो १८६ रनको लक्ष्य
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य