रास्वपाले बुर्लाकोटीलाई दियो उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अधिकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अधिकार कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई दिएको छ ।
मङ्गलवार बिहान बसेको केन्द्रीय समितिको बैठकले उपनिर्वाचन प्रयोजनका लागि हस्ताक्षर गर्ने अधिकार बुर्लाकोटीलाई दिएको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
निर्वाचन प्रयोजनका लागि हस्ताक्षर गर्ने अधिकार केन्द्रीय समिति र सचिवालयमा छलफल भएर कार्यवाहक महामन्त्रीलाई दिने निर्णय भएको हो’, रातोपाटीसँग उनले भने ।
सहकारी ठगी प्रकरणमा मुछिएका सभापति रवि लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् । लामिछानेको अनुपस्थितिमा उम्मेदवारलाई दिने टिकटमा बुर्लाकोटीको हस्ताक्षर चलाउन पार्टीले स्वीकृति दिएको हो ।
सोही निर्णय बमोजिम पार्टीको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको विवरण तथा दस्तखत हेरफेर गरिदिन निर्वाचन आयोगमा पत्राचार समेत गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोना कोपा डेल’रेको फाइनलमा, रियाल मड्रिडसँग उपाधि भिडन्त
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड र अष्ट्रेलियन डलरको मूल्य ?
-
नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता अन्तिम चरणमा
-
आज चैती छठ पर्वको व्रत र सझियाघाट
-
नयाँ वर्षको अवसरमा चारतारेमा चौँरी महोत्सव
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्