आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
कर्मचारी विवाद

मेयरले बनाएको समिति सदस्य कांग्रेसका वडाध्यक्षले स्वीकारेनन्

बुधबार, २८ कात्तिक २०८१, ११ : ४५
बुधबार, २८ कात्तिक २०८१

पोखरा । पोखरामा कर्मचारी समस्या समाधानका लागि मेयर धनराज आचार्यले गठन गरेको समिति काङ्ग्रेस वडाध्यक्षले अस्वीकार गरेका छन् । १३ नम्बर वडाध्यक्ष किरण बरालले फेसबुकमा स्टाटस लेखेर समितिमा आफू नरहेको जानकारी गराएका हुन् । 

उनले समिति गठनमै असन्तुष्टि जनाएका छन् । ‘यो खास के हो ? लोकसेवाले स्थायी कर्मचारी पठाएको छ । कार्यपालिकाले करारका २८ कर्मचारी मङ्सिरदेखि हटाउने निर्णय गरेको छ । अनि यो समिति के को लागि ?’ उनले भने,  ‘हामीले जनतालाई जवाफ दिनु पर्दैन ? समिति गठन पनि सल्लाहले नै गरेको भए हुने । दलहरूको सम्बन्ध बिगारेर पर्दा पछाडिबाट राजनीतिक लाभ लिने जुन चेष्टा भएको छ, यसको घोर भर्त्सना गर्दछु । फुटाऊ र राज गर भन्ने मानसिकता अब कामयाबी हुने छैन । म यो समितिमा नरहेको जानकारी गराउँदछु ।’  

बरालले ३७ औँ कार्यपालिका बैठकको निर्णय हुबहु कार्यान्वयन हुनुपर्ने बताएका छन् । ‘करार कर्मचारी हटाउने कार्यपालिका बैठकको निर्णय कार्यान्वयनको माग गर्दछु,’ उनले भने । 

बैठकले मङ्सिर १ देखि २८ कर्मचारी हटाउने निर्णय गरेको थियो । हटाउने समय नजिकिँदै गर्दा समाधानका लागि भन्दै समिति गठन गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप