बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगारी

मेनपावर व्यवसायीहरूलाई प्रश्न– एक लाख ३२ हजार खर्च लाग्नेमा श्रमिकबाट चार लाखसम्म किन लिनुहुन्छ ?

बुधबार, २८ कात्तिक २०८१, ११ : १२
बुधबार, २८ कात्तिक २०८१

काठमाडौँ । मेनपावर व्यवसायीहरूले वैदेशिक रोजगारीमा जाने श्रमिकको अनुमानित लागत निकालेका छन् । नेपालदेखि वैदेशिक रोजगारीमा जाँदा लाग्ने हवाई भाडा तथा व्यवसायीले लिने सेवा शुल्क समेत जोडेर एक लाख ३२ हजारको हिसाब निकालेका छन् ।

अभिमुखीकरण तालिम, राहदानी शुल्क, मेडिकल शुल्क, यातायात खर्च, अन्तर्वार्ता गर्न आउँदा बस्ने खर्च, भिसा शुल्क, सामाजिक सुरक्षा कोष, कल्याणकारी कोष, बीमा, सेवा शुल्क, हवाई जहाज शुल्क, विज्ञानपन तथा फोटोहरूको समेत गरेर एक लाख ३२ हजार ७५४ रुपैयाँ खर्च हुने देखाएका छन् ।

जसमा हवाई भाडामा केही तलमाथि देखाएका छन् । जसमा उनीहरूले आफ्नो सेवा शुल्क न्यूनतम एक महिनाको तलब करिब ४५ हजार रुपैयाँ (मलेसिया र खाडी मुलुक) तोकेका छन् ।

यी सबै हिसाब गर्दा उनीहरूले एक जना कामदारलाई वैदेशिक रोजगारीमा पठाउँदा लाग्ने लागत निकालेका हुन् । तर, व्यवसायीहरूले श्रमिकबाट लाखौं रुपैयाँ असुल्दै आएका छन् । मलेसिया तथा खाडी मुलुक जाने श्रमिकबाट न्यूनतम दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म लिने गरेको पाइन्छ ।

आफैँले लागत खर्च निकालेको एक लाख ३२ हजार लिनुपर्नेमा किन लाखौं रुपैयाँ असुल्ने गरेको भन्ने प्रश्नमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले राज्यले सेवा शुल्क नतोकिदिँदा समस्या भइरहेको बताए ।

राज्यले सेवा शुल्क १० हजार मात्रै तोकेको र व्यवसायीले त्यही आधारमा बिल काट्ने गरेको उनको भनाइ छ । आफूहरूले विगतदेखि नै उक्त शुल्कमा कामदार पठाउन नसकिने बताउँदै आएको तर, राज्यले बेवास्ता गरेको बताए ।

राज्यले सेवा शुल्क तोक्ने र बैङ्किङ प्रणालीबाट मात्रै कारोबारको व्यवस्था गरिने हो भने सबै खालका समस्या समाधान हुने बताए । अहिले प्रमाणबिना व्यवसायीले लाखौं रुपैयाँ लिने गरेको भन्न नमिल्ने उनको भनाइ छ ।

कानुन विपरीत कार्य गर्ने तथा श्रमिकलाई बढी पैसा लिएर ठगी गरेको प्रमाणित हुने व्यवसायीलाई सङ्घले कारबाही गर्दै आएको समेत बताए ।

‘कसैले आरोप लगाउँदैमा हामीले कारबाही गर्ने भन्ने हुँदैन । बढी पैसा लिएको प्रमाणित भएर वैदेशिक रोजगार विभागले कारबाही गरेको खण्डमा त्यस्ता सदस्यहरूलाई सङ्घले पनि कारबाही गर्दै आएको छ । आरोप मात्रै लागेको भरमा कारबाही गर्न मिल्दैन,’ अध्यक्ष भण्डारीले भने । 

Lagat sulk

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप