इजरायली आक्रमणमा २३ जनाको मृत्यु : लेबनानी स्वास्थ्य मन्त्रालय
बुधबार, २८ कात्तिक २०८१, ११ : ०३

बेरुत । मध्य लेबनानको दुई घरमा इजरायली आक्रमणमा परेर २३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । लेबनानका अनुसार इजरायलले जुन ठाउँमा आक्रमण गरेको थियो, त्यहाँ विस्थापित परिवारहरू बस्दै आएका थिए ।
यी आक्रमणमा मारिनेमा अधिकांश महिला र बालबालिका रहेको बताइएको छ । इजरायलले आक्रमण गरेका दुई वटा गाउँहरू माउन्ट लेबनान क्षेत्रमा छ । यो हिजबुल्लाहको अखडा रहेको क्षेत्रमा पर्दैनथ्यो ।
आफूहरूले बेरुतको दक्षिणी उपनगरहरूमा हिजबुल्लाह लक्ष्यहरूमा आक्रमणपछि भएका आक्रमणहरूबारे अनुसन्धान गरिरहेको इजरायली सेनाले बताएको छ । यसैबिच उत्तरी इजरायलको नाहरिया सहरमा हिजबुल्लाहको रकेट आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस सेन्टरमा क–कसको पर्यो उम्मेदवारी (सूचीसहित)
-
सरकारको दबाब थेग्न नसकेर त्रिविबाट राजीनामा
-
एसएलसीको नक्कली सर्टिफिकेट बनाई प्रहरीमा जागिर, असईविरुद्ध मुद्दा दायर
-
स्थानीयको अवरोधले १५ दिनदेखि नागढुङ्गा सुरुङ मार्गमा निर्माण ठप्प
-
गणतन्त्रमाथि आक्रमण हुन थाल्यो, पत्रकारले संरक्षण गर्नुपर्छ– ऊर्जामन्त्री खड्का
-
नेताको शासनलाई गणतन्त्र भनेर भ्रम छरियोः प्रभु साह