समातिए सलमान खानलाई धम्क्याउने गीतकार
![समातिए सलमान खानलाई धम्क्याउने गीतकार](https://npcdn.ratopati.com/media/news/ss-11731043875enhanced_1731432425_dgKSBAfZkC.webp)
नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानलाई धम्की दिने गीतकार सोहेल पाशालाई मुम्बई प्रहरीले मंगलबार पक्राउ गरेको छ । उनलाई कर्नाटकको रायचुरबाट पक्राउ गरिएको हो । नोभेम्बर ७ मा, मुम्बई प्रहरीलाई धम्कीपूर्ण सन्देश आएको थियो । यसमा सलमान र लरेन्समाथि एउटा गीत लेखिएको बताइएको थियो ।
गीत लेख्नेलाई एक महिनाभित्र मारिने र उसको हालत यस्तो बनाइने कि आफ्नै नामबाट गीत लेख्न नसक्ने भनिएको थियो । हिम्मत भए ती व्यक्तिलाई बचाउन पनि सलमान खानलाई धम्की दिइएको थियो । यो धम्की लरेन्स विश्नोई गिरोहबाट आएका ठानिएको थियो । तर अहिले यो धम्की अरू कसैले नभएर गीतकारले दिएको खुलासा भएको छ ।
आफूले लेखेको सलमानको फिल्म सिकन्दरका लागि लेखेको गीत ‘मै सिकन्दर हूं’ भन्ने गीत चर्चित होस् भन्ने सोहेल चाहन्थे । यसका लागि उनले सलमानलाई धम्की दिएका थिए ।
पाशा युट्यूबर पनि हुन् । धम्की दिन उनले अर्को फोन नम्बरबाट ह्वाट्स एप इन्ष्टल गरेका थिए । फोन नम्बर दर्ता भएको व्यक्तिसम्म प्रहरी पुग्दा उनीसँग सामान्य फोन मात्रै भएको थाहा भयो । फोन चेक गर्दा ह्वाट्स एप इन्टलेशनका लागि नोभेम्बर ३ मा ओटीपी आएको भेटियो । अरू सोधपुछको क्रममा पाशाले बजारमा घुम्दै गर्दा ती मोबाइल धनीसँग फोन मागेर सो नम्बरमा आएको ओटीपीबाट आफ्नो फोनमा ह्वाट्स इन्टल गरेको अनि सलमानलाई धम्की दिएको थाहा भयो ।
अक्टोबर १३ मा एनसीपी नेता बाबा सिद्दिकीको हत्यापछि सलमानलाई चार वटा धम्की आएको थियो । हाई प्रोफाइल मामिला भएकोले प्रहरीले यस मामिलामा कडाईका साथ कारबाही गरिरहेको छ । यसै क्रममा प्रहरीले सलमानको सुरक्षा पनि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० लाख पर्यटक भित्र्याउने गरी पोखरा भ्रमण वर्ष घोषणाको तयारी
-
१२ बजे, १२ समाचार : रविको धरौटी तिर्ने बैंकले धोका खानेदेखि विपिन जोशीको रिहाइका लागि सभामुखको पहलसम्म
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु
-
साहित्य उत्सव : जनकपुरका विविध पक्षबारे मन्थन
-
तातोपानी गाउँपालिकाद्वारा १७ विधेयक पारित
-
धरानमा ‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता हुने